रबिन्द्र बराल
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण माेरङकाे रंगेली नगरपालिका ४ स्थित बक्राह खाेला र चिस्याङ खाेलाकाे बगरमा २५ बर्ष देखि खेति गर्दाे आएका किसान मर्कामा परेका छन् । लकडाउनका कारण रंगेलीका किसानले लगाएको २२ सयाँै बिघामा उत्पादन गरेको खरबुजा बजारसम्म पुर्याउन नसक्दा खाेलाकै बगरमा कुहिने अवस्था आएको किसान छितन मंन्डलले बताए ।
रंगेली नगरपालिका ४ र ७ मा रहेको बक्राह र चिस्याङ खाेलाकाे बगरमा किसानहरुले लाैका, फर्सी, काँक्रा, करेला, टमाटर समेत बालाैटे माटाेमा फलाएका थिए । तर केही साता अागाडि देखिकाे बिश्वब्यापी रुपमा काेराेना भाईरस तिव्र रुपमा फैलिए पछि नेपाल सरकारले पछिल्लोपटक लकडाउनकाे समय थप गरे संगै किसानहरुले लगाएकाे तरकारी खेतमै कुहिने अवस्थामा पुगेको अर्का किसान भुपेन्द्र मंन्डलले गुनासो पोखे ।
उनीहरुले मंसिर महिना देखि जेठ महिना सम्मकाे २२ बिधाकाे ८० हजार रुपैयाँ बराबर भाडा तिरेर उक्त खेती गर्दे अाईरहेकाे बताए । किसानहरुले बजारमा बिक्रीका लागि बजार सम्म तरकारी तथा फलफूल पुर्याएता पनि खरिद गर्ने सर्वसाधारणहरु भने नपाएको दुखेसो पोखे । स्थानीय प्रशासनले १२ बजे देखि ४ बजे सम्मको समय बिक्रि गर्न दिएपनि ४ बजे पछी फेरि प्रहरीले बजारबाट खेदाउने गरेको र बिक्री नभएको लाैका , काक्रा , लगायतका सामाग्री गाई-गाेरुलाई खुवाउन बाध्यता रहेको बताए ।
तीन जना मिलेर संयुक्तरूपमा २२ बिघामा लगाएको खरबुजा यस बेला पाकेर बेच्ने समयमा भएता पनि यातायात सन्चालन नहुदा र बजार बन्द हुँदा करिब १८ लाख बराबरको खरबुजा खेतमै कुहिने अवस्थामा पुगेको शिव चरण मंन्डलले बताए ।
खरबुजा खेती गर्न बैंकबाट ६ लाख ऋण लिएकाेे र अहिले बजारमा खरबुजा बिक्री गरेर बैंककाे ऋिण र ब्याज तिर्न गरेको भएता पनि अहिले लकडाउनका कारण समस्या परेको उनीहरुले बताए ।
लकडाउन अझै थपिए आफूहरुले उत्पादन गरेको खरबुजा लगायतका तरकारी बजारसम्म लैजाने वातावरण बनाइदिन सरकारसँग माग समेत गरेका छन । यस क्षेत्रमा उत्पादन भएको खरबुजा स्थानीय बजार सहित बिराटनगर ,कर्सिया, दाेहमना, इटहरी, ईनरुवा, घरान लगायतका स्थनहरुमा लैजाने गरेका थिए ।