पछिल्लो चौबीस घण्टामा कुनै पनि व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएन- स्वास्थ्य मन्त्रालय

पछिल्लो चौबीस घण्टामा कुनै पनि व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएन- स्वास्थ्य मन्त्रालय

काठमाडौं । पछिल्लो चौबीस घण्टामा कुनै पनि व्यक्तिमा कोरोना भाइरस संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले कुनै पनि नयाँ संक्रमण फेला नपरेको बताएका हुन् । यस्तै प्रवक्ता देवकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडीएमएसमा अध्ययनरत ३४ चिकित्सकलाई सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट परिचालान हुने गरी उक्त प्रदेशको अस्पतालहरूमा खटाउने गरी पठाइएको बताए । उनले चिकित्सकहरू आजै हवाइजहाजमार्फत धनगढी पुगिसकेको बताए ।

एक महिनाको अवधिका लागि पठाइएको र आवश्यकताअनुरूप समय थप हुने बताए । सुदूरपश्चिम प्रदेशमा भारतबाट आउने नेपालीहरूको संख्या धेरै भएको र जोखिम बढी देखिएकाले चिकित्सकहरू पठाइएको उनले बताए ।

यस्तै परीक्षणको दायरा बढाउन ललितपुरको पाटन अस्पतालमा समेत पीसीआर मेसिन जडान गरिएको उनले बताए । यससँगै देशभर कुल १४ ठाउँबाट पीसीआर प्रविधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने व्यवस्था मिलाइएको प्रवक्ता देवकोटाले बताए ।

यसबाहेक सरकारले गत साता ५÷५ हजारका दरले ¥यापिड डाइगोनेस्टिक किट प्रत्येक प्रदेशमा पठाइएकामा अहिले आवश्यकताअनुसार थप ३० हजारभन्दा बढी किटहरू पठाइएको बताए । यससँगै करिब ७० हजारको संख्यामा ¥यापिड किटहरू प्रदेशमा पठाइसकेको प्रवक्ता देवकोटाले बताए ।

यस्तै आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएका व्यक्तिहरू सबैको पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा नेगेटिभ देखिएको उनले बताए । यस्तै केहीको परीक्षणको क्रममै रहेको उनले बताए ।

अहिलेसम्म पीसीआरको कुल परीक्षण संख्या ७ हजार ६ सय ८८ पुगेको छ । ¥यापिड डाइगोनेस्टिक टेस्टबाट गरिने परिक्षणको संख्या १६ हजार ५ सय ६५ पुगेको छ । कुल परीक्षण २४ हजार २ सय ५३ भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २२ वटा नयाँ परीक्षण भएको छ ।

प्रवक्ता देवकोटाले अहिलेसम्म दुईवटा जिल्ला र डोल्पामा ¥यापिड डाइगोनेस्टिक किटबाट परीक्षण गर्ने व्यवस्था नभएको बताए । उनले बाँकी ७५ वटै जिल्लामा परीक्षणको व्यवस्था भएको बताए । अहिलेसम्म क्वारेन्टाइनमा ४ हजार ६ सय ७ जना र आइसोलेसनमा ९० जना रहेको उनले बताए ।

यस्तै उदयपुर र चितवनमा गरिएको पीसीआर परीक्षणमा केही व्यक्तिहरूमा संक्रमण देखिएको समाचार आइरहेको विषयमा भने स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा कुनै पनि जानकारी गराएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्