जोगबनी हुदै उदयपुर गएका थिए १२ कोरोना संक्रमित

जोगबनी हुदै उदयपुर गएका थिए १२ कोरोना संक्रमित

अभिमन्यु लामिछाने

उदयपुर, ६ वैशाख । उदयपुरका १२ जनासहित शुक्रबार नेपालभर १४ जनामा कोरोना भाइरस (कोभिड १९) का संक्रमित बिरामी भेटिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा २९ वर्षे उमेर समूहका २ जना, २८ वर्षे ४ जना, २२ वर्षे १ जना, २५ वर्षे १ जना, २० वर्षे १ जना, ३९ वर्षे १ जना, ४० वर्षे १ जना र २६ वर्षे १ जना गरी १२ जना रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितमध्ये १ जना नेपाली र ११ जना भारतीय नागरिक हुन् । संक्रमितहरु नेपाल-भारतको जोगबनी नाका हुँदै सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म भएको ‘नेपाल इज्ति’मा सहभागी हुन आएका थिए ।

त्यसपछि फागुन २५ गते जिल्लाकै चौदण्डीगढी नगरपालिका- ५ स्थित शिवाई मस्जिदमा पुगेका थिए उनीहरू । त्यहाँ ५ दिन बसेपछि त्रियुगा नगरपालिका प्रवेश गरेको चौदण्डीगढी- ५ का वडाध्यक्ष देवनारायण चौधरीले बताए ।

चैत्र ११ गते मोहमद मुस्लिम मियाँको छोरीको विवाहमा सहभागी हुन ६ जना भारतबाटै चैत्र ८ गते आएका थिए । उनीहरु विवाह भएकै घरमा बसिरहेको पनि वडाध्यक्ष चौधरीले बताए ।

वीरगञ्जको मस्जिदमा लुकेर बसेका ३ मुस्लिम धार्मिक गुरुमा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले मस्जिदको अनुगमन गरेको थियो । अगुगमनका क्रममा मस्जिदमा उनीहरु लुकेर बसेको अवस्थामा भेटिएका थिए । मस्जिदमा बस्दै आएको समूहलाई सामाजिक दुरी कायम गरी राखिएको थियो । स्थानीयका अनुसार उनीहरू एउटै भान्सामा खाने गरेकाे र सामाजिक घुलमिल गरिरहेको अवस्थामा थिए ।

संक्रमित भेटिएपछि त्रियुगा नगरपालिका- ३ भुल्केमा रहेको मस्जिद क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार संक्रमण पुष्टि भएपछि अहिले मस्जिद र आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

संक्रमितहरु प्रादेशिक अस्पताल विराटनरमा

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा रहदै आएका १२ जनामा कोरोना भाइरस (कोभिड–१९) देखिएपछी उनीहरुलाई विराटनगरको प्रादेशिक अस्पत्तालको आईसोलेशनमा राखिएको छ ।

उनीहरुलाई गएराति एम्बुलेन्समा विराटनगर पठाईएको त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीले बताए । कोशी अस्पतालमा गरिएको परिक्षणमा १२ जनाको पोजेटिभ देखिएको र थप परिक्षणका लागी स्वाईव नमुना काठमान्डौ स्थित राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको थियो । टेकुले समेत पोजेटिभ पाईएको पछी कोरोना पुस्टी भएको हो ।

संक्रमण पुष्टि भएपछि हाल त्रियुगा नगरपालीका ३ भुल्के आपसास क्षेत्र र नेपाली सेनाको १८ बाहीनी क्षेत्र समेत त्यही भएका कारण यतिवेला सो क्षेत्रका स्थानियहरु र नेपाली सेनामा त्रास छाएको छ भने समग्र उदयपुर सहित छिमेकी जिल्लाका स्थानिय हरु त्रसित भएका छन ।

हाल मस्जिद र आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीले मस्जिद र आसपासको क्षेत्रमा हिँडडुलमा रोक लगाएका छन् । भुल्के क्षेत्र प्रवेश गर्ने सम्पुर्ण नाकाहरु पुर्ण रुपमा शिल गरीएको छ ।

भारतको राजधानी दिल्लीस्थित निजामुद्दिन मस्कज मस्जिद धार्मिकसभामा भाग लिएर उनीहरु विराटनगरको जोगबनी हुँदै आएको स्थानीयवासीले बताएका छन् । उनीहरुले लकडाउन अगाडि नै नेपाल आएको बताए पनि स्थानीयले भने लकडाउनको समयमा चोरबाटो हुँदै भुल्केको मस्जिदमा आएर लुकी बसेको दाबी गरेका छन् ।

जिल्लाको त्रियुगा नगरपालीमा कोरना पुस्टी भए संगै जिल्लाका अन्य पालिकाहरुमा समेत सर्तका अपनाउन थालिएको छ । न्युज २४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्