दमककाे मस्जिद फेला परेका ११ भारतीय सहित २१ को -यापिड टेस्ट नेगेटिभ

दमककाे मस्जिद फेला परेका ११ भारतीय सहित २१ को -यापिड टेस्ट नेगेटिभ

टीकाराम उप्रेती
झापा बैशाख ६ गते । झापाको दमकमा शनिबार २१ ज्नामा गरिएको कोरोना भाइरसको परीक्षण आरडिटी (-यापिड डाइनोष्टिक टेष्ट) सबैको नेगेटिभ आएको छ ।
प्रदेश एकको उदयपुरमा १२ जनामा कारोना भाइरस पोजेटिभ देखिएपछि शनिबार दमक क्षेत्रको एउट मस्जिद र क्वारेनटाइन मा रहेका मानिसमा गरिएको परीक्षणमा सबैको नेगेटिभ देखिएको हो । दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालले दिएको जानकारी अनुसार दमक ६ स्थित जामे मस्जिदमा रहेका ११ जना भारतीय नागरिक सहित १४ जनाको आरडिटी परीक्षण गरिएको थियो ।

यस्तै भारतबाट आएर दमकै क्वारेनटाइनमा बसेको १४ दिन पुरा गरेका दमक १ युवाको समेत नेगेटिभ देखिएको छ । सोही क्वारेन्टाइनमा अन्य ६ जना समेत परीक्षण गरिएको थियो । यस मध्ये सबैको आरडिटी परीक्षण नेगेटिभ देखिएको जनाइएको छ ।
जामे मस्जिदमा रहेका ११ जना भारतीय नागरिक मध्ये चार जनाको भने आरडिटी परीक्षण नेगेटिभ देखिए पनि पिसिआर (पोलिमेरीज चेन रिएक्सन) सुसरीको धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा परीक्षणका लागि पठाइएको छ । भारतबाट आएर धार्मिक कार्यमा संम्लग्न दमक ६ स्थित जामे मस्जिदमा ११ जना भारतीय नागरिक बस्दै आएका थिए । मस्जिदमा उनीहरुसँगै अन्य तीन जना नेपाली समेतको बस्दै आएका थिए । उनीहरु भारतको उत्तर प्रदेश मेरथ जिल्ला घर भएका उनीहरु डिसेम्बर ३० तारिकमा नेपालगञ्जको रुपडिया नाकाबाट नेपाल प्रवेश गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी बिजयराज पण्डितले जानकारी दिनुभयो ।

भारतबाट गत फगुन ३ देखि ५ गतेसम्म यहाँ भएको नेपाल इज्तिमा सहभागि हुन नेपाल आएका थिए । त्यहाको सम्मलेन सकेपछि केही भारतीयहरु नेपाल भित्रका बिभिन्न मस्जिदमा समुहगत रुपमा बसेर धार्मिक गतिबिधि गर्दै आएका थिए । यसै शिलशिलामा दमकको जामे मस्जिदमा आएको जामे मस्जिदका अध्यक्ष महमद बसिरले जानकारी दिनुभयो । उनीहरु नेपालको लक डाउन सुरु हुनुभन्दा तीन दीन अघिमात्र दमक आइपुगेको जनाइएको छ ।
उदयपुरमा भारतबाट आएका १२ जनामा कोरोना भइरस संक्रमण देखा परेपछि दमकका मस्जिदमा समेत स्वास्थ्य परीक्षणका साथै कडा निगरानी बढाइएको थियो । शनिबार मस्जिदमा नै स्वास्थ्य टोली पुगेर परीक्षण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्