प्रदेश २ सरकारले नेपाल–भारत सीमानाकामा सिसीटीभी क्यामेरा जडान गर्ने

प्रदेश २ सरकारले नेपाल–भारत सीमानाकामा सिसीटीभी क्यामेरा जडान गर्ने

काठमाडौं, बैशाख ७ । प्रदेश २ सरकारले नेपाल–भारत सीमानाकामा सिसीटीभी क्यामेरा जडान गर्ने भएको छ ।

लकडाउन तथा सीमानाका सिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेशका आठै जिल्लाका विभिन्न नाकामा सिसीटिभी जडान गर्न लागिएको हो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले खुल्ला सीमाका कारण भारतबाट लुकीछिपी मानिस भित्रने र त्यसले कोरोना संक्रमण रोकथाममा झन कठिनाइ भएको भन्दै अर्को विकल्पका रुपमा सिसीटिभी क्यामेरा अघि सारिएको बताए ।

उनले सीमानाकामा निगरानी बढाउनका लागि सुरक्षाकर्मीलाई एक सय साइकल दिने तयारीमा समेत प्रदेश सरकार जुटेको जानकारी दिए ।

सिसीटिभी क्यामेरा जडानका लागि करिब पाँच करोड खर्च हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्