अनुमति लिएर सञ्चालनमा नआएका ५० ग्यास उद्योगको अनुमति खारेज

<span class='c1'>अनुमति लिएर सञ्चालनमा नआएका ५०</span> <span class='c2'>ग्यास उद्योगको अनुमति खारेज</span>

काठमाडौं, बैशाख ७ । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएर सञ्चालनमा नआएका ५० उद्योगको अनुमति खारेज गरेको छ ।

ग्यास उद्योग निर्माण गरी सञ्चालन गर्न अनुमति लिने तर उद्योग निर्माण नगर्ने, अनुमतिपत्र खरिद क्रिी गर्ने प्रवृत्तिको अन्त्य गर्न निगमले ती उद्योगको अनुमति खारेज गरेको जनाएको हो ।

उद्योग विभागमा ग्यास उद्योग दर्ताका लागि निवेदन दिने र उद्योग विभागबाट निगमसँग राय प्रतिक्रिया माग गरेपश्चात सम्पर्कै नगर्ने परिपाटी बढ्दै गएको छ ।

यसैले, एलपी ग्यास उद्योग संघको व्यवस्थापनमा समस्या देखिएपछि ती उद्योगको अनुमति खारेज गरिएको निगमले जनाएको छ । यसबीचमा कूल ५३ उद्योगले एलपी ग्यास बिक्री गर्न अनुमति मागेका थिए ।

निगमले अनुमति पाएको उद्योगलाई तत्काल सञ्चालनमा आउन तीनपटक सूचित गराएको थियो । पटकपटक सूचित गराउँदा पनि ती उद्योग सम्पर्कमा नआएको निगमले जनाएको छ ।

निर्माण पूरा गरेका तीन उद्योगलाई भने निगमले प्रोडक्ट डेलिभरी अर्डर अनुमति दिएको छ ।

नयाँ तीन उद्योगले अनुमति पाएसँगै नेपालमा एलपी ग्यासको कारोबार गर्ने उद्योगको संख्या ६२ पुगेको छ । ग्यास उद्योगीले भने नयाँ उद्योगलाई सञ्चालन अनुमति नदिन निगमलाई दबाब दिँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्