कोरोना : ओखलढुंगामा बाहिरी देशबाट आएका सबैको रिपोर्ट नेगेटिभ

<span class='c1'>कोरोना : ओखलढुंगामा बाहिरी देशबाट</span> <span class='c2'>आएका सबैको रिपोर्ट नेगेटिभ</span>

–रामहरि श्रेष्ठ 
ओखलढुंगा । ओखलढुंगामा बाहिरी देशबाट आएका १ सय ४६ जना नागरिकहरुको आरडीटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यलयले प्रत्येक स्थानिय तहमा बिदेशबाट आएका नागरिकहरुको यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षण गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । एक नगरपालिकासहित आठ स्थानिय तह रहेको ओखलढुंगामा भारत लगायत अन्य तेस्रो मुलुकबाट आएका नागरिकहरुको आरडीटी परिक्षण गरिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए । आरडीटी परिक्षणका क्रममा अहिलेसम्म उनीहरु सबैको रिपोर्ट नेगेटिभ देखिएको छ ।

यसअघि प्रत्येक स्थानिय तहले बिदेशबाट आएका नागरीकहरुको घर–घरमा पुगेर ब्यक्तीगत विवरण संकलन गरेको थियो । यसबाट हरेक स्थानिय तहमा बिदेशबाट आएका नागरिकहरुको अभिलेख राखिएकाले उनीहरुलाई पायक पर्ने स्थानमा भेला गराई परीक्षण गर्न सहज भएको जिल्ला स्वास्थ्य प्रमुख तिवारीको भनाई छ ।

जिल्लामा स्थानीय तहले यसअघि संकलन गरेको विवरणअनुसार विदेशबाट आएका नागरिकको कुल संख्या १ सय ५० जना रहेका छन् । आईतबार सुनकोशी गाउँपालिकाका १६ जना नागरिकहरुको आरडीटी परीक्षण गरिएको र योसँगै हालसम्म १ सय ४६ जनाको परीक्षण सकिएको छ । बाँकी रहेका अन्य चार जनाको भने सोमबार परीक्षण गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य प्रमुख तिवारीले बताए । यसबाहेक अहिले जिल्लामा बाहिर जिल्लाबाट समेत नागरिकहरु भित्रिरहेकाले उनीहरुको समेत परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यलय ओखलढुंगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्