सिरहा । कोरोना भाइरसबारे गलत प्रचार गरेको भन्दै प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा सुखीपुर नगरपालिका–९ घर भएका ३१ वर्षीय सुरेशकुमार कर्ण रहेका छन् ।
उनले कोरोनाबारे गलत प्रचार गरेको आरोप लगाउँदै पक्राउ गरिएको जिल्ला प्रहरी सिरहाका प्रहरीप्रबक्ता डिएसपि विनोद घिमिरेले बताए ।
कर्णले सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबाट नेपालमा ४८जनाको मृत्यु भएको गलत भ्रम फैलाएकोआरोप प्रहरीले लगाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाको निर्देशनमा इलाका प्रहरी कार्यालय सुखीपुरले कर्णलाई नियन्त्रणमा लिएको हो ।
कर्ण इलाका प्रहरी कार्यालय सुखीपुरको हिरासतमा राखि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।