बिहेको प्रलोभन देखाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

<span class='c1'>बिहेको प्रलोभन देखाई बलात्कार</span> <span class='c2'>गरेको आरोपमा युवक पक्राउ</span>

गोरखा । गोरखामा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

गोरखा नगरपालिका–७ का २६ वर्षीय रामशरण सिर्मललाई बलात्कारको आरोपमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

पक्राउ परेका सिर्मलले १६ वर्षीया किशोरीलाई बिहेको प्रलोभन देखाई जबर्जस्ती बलात्कार गरेको पाइएको उनले बताए ।

वैशाख ३ गते  दिउँसो  ४ः३० बजेको समयमा आफ्नै घरमा लगेर सिर्मलले किशोरीलाई बलात्कार गरेको खुल्न आएको उपरीक्षक अधिकारीले जानकारी दिए ।

पीडितका बाबुले दिएको उजुरीका आधारमा सिर्मललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनलाई जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्