अपडेट : उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ४०

<span class='c1'>अपडेट : उदयपुरका ८ जनामा कोरोनाभाइरस</span> <span class='c2'>संक्रमण पुष्टि, संक्रमितको संख्या ४०</span>

काठमाडौं । उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको छ ।

उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । संक्रमित पुष्टि भएका ८ जनाको थप विवरण आउन बाँकी छ ।

यसअघि आजै उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनका अनुसार उदयपुरका १०० जनाको पीसीआरको लागि नमुना संकलन भएकामा धरानमा परीक्षण भइरहेको थियो ।

योसँगै उदयपुरमामात्रै  कोरोनासंक्रमितको संख्या २२ जना पुगेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्