मोरङको रतुवामाईमा वडा सदस्यकै अगाडी असईद्धारा निर्घात कुटिए चौलागाइ, खुट्टामा गम्भिर चोट

<span class='c1'>मोरङको रतुवामाईमा वडा सदस्यकै अगाडी असईद्धारा</span> <span class='c2'>निर्घात कुटिए चौलागाइ, खुट्टामा गम्भिर चोट</span>

विराटनगर, बैशाख १०
मोरङको रतुवामाई नगरपालिका–५ मा वडा सदस्यकै आग्रहमा गोविन्दुर प्रहरी चौकीका इन्चार्जले एक व्यक्तिलाई निर्घात कुटपिट गरेका छन् ।

रतुवामाई नगरपालिका–५ स्थित रतिलाल टोलका ३६ वर्षिय टिकाप्रसाद चौलागाईलाई वडा सदस्य मोहनलाल दासकै अगाडी गोविन्दपुर प्रहरी चौकीका ईन्चार्ज बलकुमार राईले गम्भिर घाइते हुनेगरि कुटपिट गरेका हुन् ।

गत शुक्रबार बेलुका चौलागाई र उनका दाजुबिच आपसमा विवाद भइरहेको समयमा वडा सदस्य दाशले प्रहरीलाई बोलाएर कुटपिट गर्न लगाएको पिडित परिवार र स्थानीयले आरोप लगाएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार गोबिन्दपुर प्रहरी चौकिका इन्चार्ज प्रहरी सहायक निरिक्षक राई र अर्का एक प्रहरी जवानले घरबाटै निकालेर कुटपिट गरेका हुन् । कुटाइबाट चौलागाई गम्भिर घाइते भएका छन् । उनको दुवै खुट्टामा हिडडुलनै गर्न नसक्ने गरि चोट लागेको छ । कुटाइबाट उनको एक खुट्टामा ८ वटा टाँका लगाइएको छ भने अर्को खुट्टाको पैतालमा भित्र सम्म असर पुग्ने गरि निल डाम बसेको छ ।
चोटका कारण चौलागाई हिड्डुलनै गर्न नसक्ने अवस्थामा पुगेका छन् । दैनिक ज्यालादारी मजदुरी गरेर परिवार चलाउँदै आएका उनि प्रहरीकै कुटाइबाट थलिएपछी उनको परिवारको गुजारा चलाउन समस्या भएको छ । कुटाइबाट गम्भिर घाइते उनी यतिबेला दिशापिसाब गर्न समेत जान नसक्ने भएको चौलागाइकि श्रीमती अस्मिताले बताइन् ।

चौलागाईले कुटपिट अघि आफ्नै दाजुसँग सामान्य विवाद भएको र घरमा पनि श्रीमतीसँग थोरै विवाद भएका बेला वडा सदस्य दाशले प्रहरी बोलाएर आफुलाई कुट्न लगाएको आरोप लगाएका छन् ।
उनले प्रहरी सहायक निरिक्षक र एक प्रहरी जवान आएर एक्कासी कुटपिट गर्न थालेको बताए । ‘मलाई १÷२ लठ्ठी हिर्काउना साथ मलाई नकुट्नु भनेर धेरै पटक अनुनय बिनय गरे । मैले जे अपराध गरेको भए हिरासतमा लिएर सजाय दिन भन्दापनि बढ्ता बोल्छस् भन्दै छातिमा बुटले टेकेर पैतलामा धेरै पटक हानेको हानै गर्नुभयो ।’ उनले भने,‘चोट लागेर रगताम्मे भएपछि छाडेर जानुभयो । वडा सदस्य कुर्सिमा बसेर कुटेको हेरिरहनुभयो । तर छुटाइदिनुभएन । म बाट केही गल्ति भयो भन्दैमा मर्नेगरि यसरी हिड्डुलनै गर्न नसक्ने गरि कुट्ने कस्तो कानुन हो ? के हामी जस्ता गरिबलाई मात्र यस्तो कानुन हो ?’

उनले प्रहरीको कुटाइबाट शरिरभरी चोट लागेर ५ दिनदेखि हिड्ड्लनै गर्न नससकेको बताए । उनले आफु सामान्य दैनिक ज्यालादारीमा राजमिस्त्री काम गर्दै आएको र पारिवारीक आर्थिक अवस्थासमेत कमजोर भएकाले उपचारका लागि अस्पतालसमेत जान नसकेको बताए । ‘आज कुटाइबाट थलिएर ओछ्यानमै लडेको ५ दिन भइसक्यो । उपचारका लागि घरमा एक पैसा छैन । वडा सदस्य ज्युलाई पटक पटक बलाउँदा पनि आउनु भएन ।’ उनले भने,‘पहँुच र पावर हुँदा गरिब माथि जस्तो पनि अत्याचार हुँदो रहेछ ।’

उनले आफुले गल्ति गरेको भए सजायको भागिदार हुँने बताउँदै प्रहरीले हिडडुलनै गर्न नसक्ने गरि कुटपिट गरेर आफुमाथि अन्याय गरेको बताए । ‘घरमा कामाउने म हो । हिड्डुलनै गर्न नसक्ने अवस्था भएपछी मेरो परिवार भोकभोकै बस्नुपर्ने अवस्था आयो ।’ उनले भने,‘म माथि अन्याय भएकाले न्याय दिलाईदिनुहुन सवैसँग आग्रह गर्छु ।’

चौलागाईकी श्रीमती अस्मिताले प्रहरीले सम्झाई बुझाई गर्नुपर्नेमा वडा सदस्य दाशाकै अगाडी गुण्डागर्दी शैलिमा कुटपिट गरेपनि मुकदर्शक बनेर हेरिरहेको आरोप लगाइन् । ‘पुलिस वडा सदस्यलेनै बोलाएकाले एकदुई झापड कुटेपछि छुटाइदिनुपर्ने हो ।’ उनले भनिन्,‘एकोहोरो आफ्नै जनतामाथि कुटपिट भइरहेपनि वडाको अभिभावक भएर हेरिरहनु कति सम्म जायज हो ? बर्दी र पावर छ भन्दैमा मान्छेनै मर्ने गरि कुट्ने ?’
उनले वडा सदस्य दास र प्रहरीले पतिको यथासिघ्र उपचार गराइ क्षतीपूर्ती माग गरेकी छन् ।

प्रत्यक्षदर्शी स्थानीय भन्छन ः प्रहरीबाट ज्यादती भयो
स्थानीयले कुटपिटबाट पिडित चौलागाईलाइ यथासिघ्र उपचार र क्षतीपूर्तीको दिनुपर्ने माग गरेका छन् । उनीहरुले दोषि प्रहरी माथि कारबाही, चौलागाइलाई तत्काल उपचार र क्षतीपूर्तीको व्यवस्था नगरे आन्दालनको चेतावनीसमेत दिएका छन् ।
स्थानीय विपिन अधिकारीले प्रहरीले ज्यादतीपूर्ण तरिकाले कुटपिट गरेको बताएका छन् । उनले मदिरा सेवन गरेर सामान्य विवाद गरेकै आधारमा गम्भिर चोट र शरिरमा असर पर्नेगरि कुटपिट गर्नु प्रहरीको ज्यादती भएको आरोप लगाए । ‘एकदुइ झापड हान्नु अलग कुरा हो । प्रहरीले गहिरो चोट लाग्नेगरि कुटेर गम्भिर गल्ति गरेको छ ।’ उनले भने,‘ पुलिसले गर्ने थर्ड डिग्रि टचर जस्तो शैलिमा पैतला थिलथिलो हुनेगरि कुटिएको छ । बोल्न सक्दैनन् र गरिब छन भन्दैमा ज्यादती गर्न पाइदैन । पिडितले न्याय पाउनुपर्छ ।’

त्यस्तै अर्की स्थानीय एलिना महतले पनि प्रहरीले गुण्डागर्दी शैलिमा कुटपिट गरेको बताइन् । उनले वडा सदस्यकै आगाडी गम्भिर चोट लाग्नेगरि कुटपिट गरिएपनी केही गर्न नसक्नु दुखद भएको बताइन् ।
‘प्रहरीलाई रगताम्मै हुनेगरि कुट्ने अधिकार कसले दियो ? पैतालाभरी निलडाम भएर खुट्टा सुन्निएको छ । ठुलो चोट लागेर टाँकै लगाउनुपरेको छ । देखिने मात्र होइन भित्रि चोट पनि धेरै छ ।’ उनले भनिन्,‘वडा सदस्यकै अगाडी मरुन्जेल जनता कुटिनुले कस्ता जनप्रतिनिधि चुनेछौँ भन्ने स्पष्ट भएको छ । जे सुकै भएपनि पिडितले न्याय पाउनैपर्छ ।’
स्थानीयले वडाअध्यक्ष कन्हैयालाल राजवंशी र वडा सदस्य दाशले घटनालाई गुपचुप बनाउन खोजेको आरोप लगाएका छन् । उनीहरुले पिडितको उपचार र क्षतीपूर्तीका लागि वडा कार्यालयमा जाँदासमेत वेवास्ता गरिएको गुनासो गरेका छन् ।

यता वडा सदस्य मोहनलाल दाशले चौलागाईले मदिरा सेवन गरेर बढीनै हो–हल्ला गरेकाले आफुलेनै प्रहरीलाई फोन गरेर बोलाएको स्वीकार गरेका छन् । उनले चौलागाईले मदिरा सेवन गरेर दिनहुँ हो हल्ला गर्ने गरेकाले बाध्य भएर प्रहरी बोलाएको बताए । ‘दिनदिनै तथानाम भन्दै हो हल्ला गर्ने उनको बानि थियो । बानि सुधार्नका लागि मैलेनै प्रहरीलाई बोलाएको हुँ ।’ उनले भने,‘एक दुइ झपड हिर्काएपछी मैले छाड्न आग्रह गरेको थिएँ । तर, उनले प्रहरी माथि दुव्र्यबहार गरेपछि उनि पिटिएका हुन् ।’

गोविन्दपुर प्रहरी चौकीका इन्चार्ज राईसँग घटनाबारे यथार्थ बुझ्न पटक–पटक सम्पर्क गर्दा समेत सम्पर्क हुन सकेन । यता इलाका प्रहरी कार्यालय सिजुवाले भने घटनाका विषयमा यथार्थ बुझेर दोषि उपर कारवाही गर्ने जनाएको छ । कुटपिट भएको ५ दिन सम्म पनि सो विषयमा जानकारी नभएको बताउँदै इलाका प्रहरीले सत्य तथ्य बुझेर आवश्य प्रकृया अघि बढाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्