उदयपुरको भुल्केका एकै परिवारका पाँच सहित २८ जनामा कोरोना, उदयपुर इपिसेन्टर बन्दै

उदयपुरको भुल्केका एकै परिवारका पाँच सहित २८ जनामा कोरोना, उदयपुर इपिसेन्टर बन्दै

भक्तिविलास पोखरेल
गाईघाट, वैशाख ११ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केका एकै परिवारका पाँचसहित कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २८ पुगेको छ । कोरोना भाइरस परीक्षणका लागि हालसम्म सङ्कलन गरिएका तीनसय ४६ वटा नमूनामा परीक्षण सम्पन्न भएका छन् ।

पाँचजना मध्ये एकै परिवारका ४१ वर्षीय दाजु, १८ वर्षीय छोरा, ३६ वर्षीया बहिनी, ४० वर्षीय ज्वार्इं र १८ वर्षीय भाञ्जामा कोरोना भाइरसले संक्रमण गरेको हो ।
त्यसमध्ये १८ वर्षीय छोरा भारतको उत्तर प्रदेशमामा उर्दु भाषा पढ्न गएको खुलेको र उहाँ लक डाउन हुनुभन्दा पहिले गत चैत ७ गते युपीबाट घर आएको पाइएको उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो ।

भुल्के मस्जितमा बस्दै आएका १६ जना जमातीहरु मध्य मोरङको टाडीस्थित क्वारेन्टाइनमा राखिएका तीन जनाको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र काठमाडांैको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा बुधवार थप एक ५५ वर्षीय महिलामा संक्रमण पुष्टि भएसँगै उदयपुरमा संक्रमित हुनेको संख्या २८ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले बताउनुभयो ।

यता, गाईघाट बजारमा जुत्ता चप्पलको व्यापार गर्दै आएका बहिनी ज्वार्इं लक डाउनका कारण व्यापार गर्न नपाएपछि र बजारको घर साँघुरो भएको हुँदा बाहिर आउजाउ गर्न नपाएपछि माईती घरमा गएर बसेकोमा संक्रमित भएको भएका हुन् । तर उहाँहरुलाई संक्रमण भएको भन्ने कुनै जानकारी नभएको छिमेकीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्