मोरङका तरकारी किसानको समस्यामा दलहरुको साथ, तत्काल सर्बपक्षीय छलफल थालिने

मोरङका तरकारी किसानको समस्यामा दलहरुको साथ, तत्काल सर्बपक्षीय छलफल थालिने

विराटनगर । मोरङका राजनीतिक दलहरुले किसानको समस्यामा सहयोग गर्ने बताएका छन् । कोरोनाको संक्रमणको कारण सरकारले लगाएको लकडाउनमा किसानले उत्पादन गरेका कृषिजन्य बस्तुहरु खेरजान थालेको गुनासो आएपछि त्यसमा दलहरुले सर्बदलिय बैठक बसेर किसानको समस्यालाई सहजीकरण गर्ने बताएका हुन् । संवाद समुह मोरङको सहजीकरणमा भएको संवादमा मोरङका राजनीतिक दलहरुले सर्बदलीय सर्बपक्षीय बैठक बसेर किसानबाट आएका समस्याको समाधानको लागि पहल गर्नेे बताएका हुन् ।

नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले समस्यामा रहेका किसानलाई लक्षित गरि तत्कालै दलहरुले योजना बनाउने बतानुभयो । किसानको समस्या के हो, कसरी आएको छ र त्यसलाई समाधान गर्नको लागि के गर्न सकिएला भन्ने बारेमा सर्बपक्षीय छलफलको खाँचो रहेको बताउनु भएको हो ।
समाजवादी पार्टीका अध्यक्ष राजकुमार यादवले किसानको समस्या ठुलो समस्याको रुपमा देखिएको स्पष्ट पार्दै अहिलेदेखि नै ध्यान नदिने हो भने भोलीका दिनमा ठुलो समस्या आउने औल्याउँनु भयो ।

विराटनगर महानगरपालिका भित्र तरकारी घर घरमा पुर्याउनको लागि हरेक वडामा ३ वटा ठेला तथा भ्यान नै परिचालन गरेर यसलाई ब्यवस्थित गर्नु पर्छ भनिएको थियो त्यो पनि प्रभावकारी कार्यान्वयन नभएको उहाँले बताउनुभयो । महानगरपालिकाले गर्नुपर्ने काम समेत प्रभावकारी रुपमा गर्न नसकेको यादबको भनाई छ । अहिले पनि तरकारी लिने वा राहतको नाममा भिड जम्मा गर्ने काम नरोकिएकोले त्यसलाई ब्यवस्थित गर्नु पर्ने दलहरुले बताएका छन् ।

राजपाका नेता मोहम्मद कादिरले अहिलेको अबस्थामा किसानको समस्या भयाबहको रुपमा आएकोले किसानको समस्यामा दलगत राजनिती गर्ने भन्दापनि दिगो समाधान निकाल्नु पर्नेमा जोड दिनुभयो ।
आजको समयमा किसानलाई बचाउन सकियो भने भोलीका दिनमा कृषि क्षेत्र बचाउन सकिन्छ भनेर दलहरु लाग्नु पर्ने सबै दलहरुको भनाई छ । यसका लागि सबै राजनीतिक दलको सर्ब दलिय बैठक बसेर ब्यवस्थित गर्न तर्फ लाग्नुको बिकल्प नहुने राष्ट्रिय सभाका सदस्य गोपी अछामीले बताउनुभयो । गाउँमा देखिएका किसानको समस्या समाधानका लागि दलगत रुपमा जिल्ला पार्टीले स्थानीय तह र वडासम्म सर्कुलर गरेर ब्यवस्थित समाधान खोज्नुपर्ने भएकोले जिल्ला पार्टीहरुले त्यो काम गर्न सक्ने उल्लेख गर्नुभयो ।

भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता तथा कृषि विज्ञ डा.राजेन्द्र उप्रेतीले दलहरुको साझा प्रतिवद्धता आउने मात्र हो भने पनि भोलीका दिनमा किसानले पाउँदै आएको दुःखमा ठुलो सहयोग हुने बताउनुभयो । किसानहरुले अहिले पनि बारीमा नै तरकारी कुहाउनु पर्ने अबस्था आएकोले त्यसलाई अहिले नै नसोच्ने हो भने भोली कृषि क्षेत्रमा ठुलो समस्या आउने उहाँको भनाई छ । मन्त्रालयको तर्फबाट तत्कालिन र दिर्घकालिन रुपमा योजना निर्माण भईरहेकोले तत्काल किसानलाई बचाउने काममा दलहरुले साथ दिनु पर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्