रंगेलीमा सद्भाव बचत तथा ऋिण सहकारी संस्थाको सहयोग हस्तान्तरण

<span class='c1'>रंगेलीमा सद्भाव बचत तथा ऋिण</span> <span class='c2'>सहकारी संस्थाको सहयोग हस्तान्तरण</span>

रबिन्द्र बराल

रंगेली , बैशाख ११
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण तथा सहयोगका लागि रंगेली नगरपालिकामा रहेको सद्भाव बचत तथा ऋिण सहकारी संस्थाले जनताकाे लागि दिनरात काम गर्ने संस्थाहरुकाे उच्च मुल्यांकन गर्दे रंगेली अस्पताल ,नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गरेेको छ ।

संस्थाकाे तर्फबाट माक्स, साबुन ,पन्जा र सेनिटाईजर हस्तान्तरण गरिएको हाे । नेपाल सरकारले काेराेना भाईरस नियन्त्रणका लागि बैशाख १५ गतेसम्म लकडाउन लम्बिएपछि सद्भाव बचत तथा ऋिण सहकारीले सुरक्षा तथा स्वास्थ्य उपचार दिनेलाई सहयोग गरेको संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले बताए ।

साेहि क्रममा उक्त संस्थाले रंगेली नगरपालिकालाई चेक मार्फत १५ हजार ५ सय ५१ रुपैयाँ समेत हस्तान्तरण गरेको छ । अति बिपन्न तथा मजदुरी गरेेर दैनिकी जीवन निर्वाह गर्ने सर्वसाधारणहरु बढि समस्यामा परे पछि उनीहरुका लागि केही मात्रामा राहत हाेस भन्ने उदेश्यले धनपालथान गाउँ पालिका र सुनवर्सि नगरपालिकालाई २ सय ५० केजि चामल , १५ केजि दाल २५ केजि नुन र १५ लिटर खाने तेल गरि दुवै नगरपालिका लाई ३२ हजार रुपैयाँ बराबरको सहयोग गरेकाे छ ।

कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडियालाई चेक हस्तान्तरण र सुनवर्सि नगरपालिकाका मेयर काली प्रसाद दासलाई खाद्यान्नय तथा धनपालथान का बडा अध्यक्ष राेशन राजवंशीलाई खाद्यान्न र स्वास्थ्य सामाग्री सहित ६० हजारौं रुपैयाँ बराबरको सामान हस्तान्तरण गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्