झापामा एक लाख ६९ हजार जनालाई राहत वितरण

<span class='c1'>झापामा एक लाख ६९</span> <span class='c2'>हजार जनालाई राहत वितरण</span>

विष्णुप्रसाद पोखरेल
दमक, वैशाख १२ गते । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन सरकारले गरेको बन्दाबन्दिका कारण दैनिक गुजारा टार्न समस्या भएका झापाका ४१ हजार ५३८ परिवारका एक लाख ६९ हजार ८०८ जनालाई राहत वितरण गरिएको सार्वजनिक भएको छ । जिल्ला समन्वय समिति झापाले यो सार्वजनिक गरेको हो ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार विहिबारसम्ममा ७ लाख ५७ हजार २५० किलो चामल, ९५ हजार १२७ किलो दाल, ५८ हजार ८० किलो नुन, ३८ हजार ४१४ किलो तेल, २९ हजार ८५८ साबुन वितरण गरिएको छ । ४९ हजार ९५१ किलो चिनी चिउरालगायतका राहत सामग्री विपन्नलाई उपलब्ध गराईएको पनि उहाँले जनाउनु भएको छ ।
जिल्लाका १५ वटा स्थानीय तहले अति विपन्न तथा गरिवहरुको पहिचान गरेर राहत उपलब्ध गराएको बताईएको छ ।

पहिलो चरणको राहतपछि अहिले स्थानीय तहहरुले दोश्रो चरणको राहत उपलब्ध गराउदैछन् । पोर्तेलका अनुसार झापाका सबै स्थानीय तहमा अहिलेसम्म ६ करोड २० लाख ५६ हजार ७४३ रकम जम्मा भएको छ ।

जिल्लाका स्थानीय तहहरुले बनाएको २७ स्थानमा रहेका क्वारेन्टाइनमा १ सय ८५ जना रहेको जनाईएको छ । यसमा २३९ जना क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्केको पनि बताईएको छ । होम क्वारेन्टाइनमा १ हजार ४६ जना रहेको पनि पोर्तेलले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्