भोजपुरका कोरोना संक्रमित युवालाई विराटनगर ल्याउने तयारी गरिदै

<span class='c1'>भोजपुरका कोरोना संक्रमित युवालाई</span> <span class='c2'>विराटनगर ल्याउने तयारी गरिदै</span>

विवेक राई

भोजपुर । भोजपुरको दक्षिणी हतुवागढी गाउपालिकाका २६ वर्षीय कोरोना संक्रमित युवालाई कोशी अञ्चल अस्पताल लैजानका लागि सदरमुकामबाट एम्वुलेन्स पठाइएको छ ।

संक्रमित युवालाई थप उपचारका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरको एम्वुलेन्स पठाइएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिनुभएको हो ।

संक्रमित युवालाई उदयपुरसँगको सिमाना बेलका नगरपालिकासम्म नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरको एम्वुलेन्समा पर्याइने र त्यहाँबाट दुधकोशी नदी पारीबाट सामाजिक विकास मन्त्रलयको पहलमा कोशी अस्पताल पु¥याइने बताइएको छ ।

संक्रमित युवाको गाउँपालिकास्थित स्थानीय घोरेटार स्वास्थ्य संस्थामा गत ९ गते आरडीटी रिपोर्ट पोजेटिभ आएपछि थप पीसीआर टेष्टका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठायएको थियो । जहाँ उनको पीसीआर टेष्टमा पनि कोरोना पोजिटिभ देखिएको थियो ।

गाउपालिका अध्यक्ष प्रेम राईका अनुसार ती सामुहिकरुपमा भलिबल खेल्ने, एक गाउँबाट अर्को गाउँ जाने गरेकाले थप अरुको समेत परीक्षण गर्नुपर्ने भएपनि परीक्षणका लागि ¥यापिट किट अभाव भएकाले संक्रमित युवासँग घुलमिल गरेका अन्य व्यक्तिहरुको परीक्षणमा समस्या आएको छ ।

योसँगै हतुवागढी गाउँपालिका लगायत यस गाउँपालिकासँग सिमाना जोडिएका आमचोक गाउँपालिका, रामप्रसाद राई गाउँपालिका र पौवादुङमा गाउँपालिकाले नाका शिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्