काठमाडौं, वैशाख १४ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले देशव्यापी ‘लकडाउन’ अझै एक साता बढाउन सुझाव दिएको छ ।
शनिबार दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा रहेको कार्यदललाई लकडाउनको विषयमा सुझाव दिन निर्देशन दिएकोमा कार्यदलले अझै एक साता थप गर्न सिफारिस गरेको थियो ।
विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रतिनिधिहरुसमेत सहभागी कार्यदलले वैशाख १५ गतेपछि एक साता लकडाउन बढाउनुपर्ने र त्यसपछि नयाँ ‘मोडेल’मा जानुपर्ने निष्कर्षसहितको सुझाव दिएको थियो ।
उच्चस्तरीय समितिले कार्यदलको सुझावअनुसारकै सिफारिस प्रधानमन्त्री केपी शर्मा ओलीलाई गरेको बुझिएको छ ।
आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकले अन्तिम निर्णय लिने छ ।