वीरगञ्जमा आज भेटिएका एक संक्रमित वीरगञ्ज महानगरको सरसफाइ कर्मचारी

वीरगञ्जमा आज भेटिएका एक संक्रमित वीरगञ्ज महानगरको सरसफाइ कर्मचारी

दिपकप्रसाद गौतम
वीरगञ्ज , बैशाख १४ गते । पछिल्लो समयमा कोरोना पोजेटिभ देखिएकामा दुई जना मध्ये एक  वीरगञ्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी र एक जना सिदार्थ माविको क्वारेन्टाइनमा राखिएका पुरुष रहेको बताइएको छ ।

वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएसंगै पर्सामा कोरोना संक्रमितको सख्या ५ पुगेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २ र ३ का एक÷एक जना गरी दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिए पछि पर्सामा कोरोना संक्रमितको सख्या पाँच पुगेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिनुभयो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा रहेको जामे मस्जिदमा बसी रहेका तीन जना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका १४६ जना र क्वारेन्टाईन्मा रहेका अन्य ४१ जनासंगै १८७ मध्ये हालसम्म ८२ जनाको पिसिआर रिपोर्ट आईसकेको र त्यसमा दुइ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले पछिल्लो समयमा कोरोना पोजेटिभ देखिएकामा वीरगञ्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी र एक जना सिदार्थ माविको क्वारेन्टाइनमा राखिएका पुरुष रहेको बताउनु भयो ।
कोरोना संक्रमणको पुष्टि भएका सिदार्थ माविको क्वारेन्टाइनमा रहेका वीरगञ्ज महानगरपालिका वडा नम्बर २ घुसुकपुरका ५५ वर्षीय पुरुषलाई नारायणी अस्पतालको आईसोलेसनमा राखी उपचार सुरु गरिएको र अर्का कोरोना संक्रमणको पुष्टि भएका वीरगञ्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ४९ वर्षीय पुरुषलाई आज आईतबार उनको घरबाट नारायणी अस्पतालमा ल्याएर आईसोलेसनमा राखिएको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले गोरखापत्रलाई बताउनु भयो ।
नारारायण्ी अस्पतालमा यसअघि पर्सा ३ जना रौतहटको १ जना , सर्लाहीको १ जना गरी उपचाररत ५ जना संक्रमित मध्ये पर्सा ३ जना रौतहटको १ जनाको लगातार तेश्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो भने अब फेरि २ जना थपिएपछि तीन जना उपचाररत भएका छन् ।

पर्सा जिल्लामा भेटिएका ५ जना कोरोना संक्रमित मध्ये ३ जना भारतीय नागरिकको उपचारका क्रममा लगातार तेश्रो पटक नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई अस्पतालबाट क्वारेन्टाईनमा सारिएको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनु भयो ।

घर मा नै बसी रहेका कोरोना संक्रमणको पुष्टि भएका वीरगञ्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीसंग पछिल्लो समयमा सम्पर्कमा आएका व्यक्तिहरुको विवरण तयार पारिदै गरेको र उनीहरुको पनि परिक्षण गरिने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्