झापामा थप एक जनामा कोरोना संक्रमण, संख्या ५२ पुग्यो

<span class='c1'>झापामा थप एक जनामा कोरोना</span> <span class='c2'>संक्रमण, संख्या ५२ पुग्यो</span>

विराटनगर बैशाख १४, प्रदेश नम्बर १ मा अर्का कोरोना संक्रमित भेटिएका छन् ।

आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिका अनुसार झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

उनी अस्पतालको सम्पर्कमा रहेको र स्वस्थ रहेको विज्ञप्तिमा जनाइएको छ ।

यसका साथै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार नै वीरगन्जका दुईजना पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्