विराटनगर बैशाख १५।
पुर्वका युवा संचार उद्यमी समीर कार्कीले लकडाउनमा सामाजिक दुरि पालना गर्दै विवाह गरेर भोज खर्च तीन लाख रुपैयाँ सामाजिक संघसंस्थालाई सहयोग गरेका छन् ।
उनले आफ्नो विवाह खर्च बाल आश्रम र माया घर इटहरीलाई उपलव्ध गराएका हुन ।
सिमित पारिवारिक सदस्य बिच सावधानी अपनाएर विवाह गरिएको कार्कीले बताए । समाजमा केही योगदान गर्नेे उदेश्यले विवाह खर्च सहयोग गरेको उनले बताए ।
कार्की एरिना टेलिभिजनको प्रमुख कार्यकारी हुन ।