कोरोना भाईरस र यसले अर्थतन्त्रमा पारेको प्रभाव -पंकज सापकोटा

कोरोना भाईरस र यसले अर्थतन्त्रमा पारेको प्रभाव -पंकज सापकोटा

सन् २०१९ को डिसेम्वर महिनादेखी चिनको वुहानबाट शुरु भइ विश्व महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण सम्पुर्ण बिश्व नै आक्रान्त छ । हाल सम्म यस भाईरसका कारण विश्वमा अधिकांश देशहरु प्रभावित भई करिव २ लाख हाराहारी मानिस को मृत्यु भईसकेको छ भने २९ लाख भन्दा बढी प्रभावित भएका छन् । यस भाईरसका कारण नेपालमा विगत १ महिना देखि लकाउनको अवस्था छ र यो बैशाख २५ सम्म लम्बिएको अवस्था छ । यसको रोकथामका लागी अत्यावश्यक काम बाहेक कसैलाई पनि बाहिर हिडडुल गर्न रोक लगाइएको छ ।

नेपालमा हाल सम्म ५२ जनामा संक्रमण देखिएको छ भने यस भाईरसका कारण कसैको पनि मृत्यु भएको छैन । त्यसै गरी १६ जना निको भई घर फर्केका छन् ।
अब चर्चा गरौ यसले असर गरेका केहि क्षेत्रहरुको बारेः

ब्यापार ब्यवसायः

हाम्रो देश विकाशोन्मुख मुलुक भएकोले नेपालको व्यापार व्यवसाय अरु देशमा निर्भर छ । अझ भन्नेहो भने भारतमा उन्मुख छ भन्दा फरक पर्दैन । कोभिड–१९ को काणले गर्दा नेपालको व्यापर व्यवसाय ( अत्यावश्यक वाहेक) सम्पूर्ण सेवा ठप्प रहेको छ । कल कारखाना संचालनमा नआउँदा उत्पादन कमी आई आयात तथा निर्यातमा प्रत्यक्ष असर पुगेको देखिन्छ जसले गर्दा नेपाललाई दैनिक करडौं रुपैयाको राजश्व गुमिरहेको देखिन्छ ।

बैंक तथा वित्तय संस्थाः

कोरोना भाईरसले गर्दा बैंक तथा वित्तीय संस्थाहरुमा पनि असर पुगेको देखिन्छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले निश्चित समयको लागि मात्र सेवा प्रदान गरिरहेका छन् । लकडाउन भएका कारणले अधिकांश बैंकहरुले दिन विराएर मात्र सिमित शाखाहरु खोलिएको हुँदा सेवाग्राहीहरुको आवत जावत न्युन हुँदा यस क्षेत्र पनि पू्रूभावित भएको देखिन्छ । ऋणीहरुले पनि ऋण समयमा तिर्न सकिरहेका छैन जसले गर्दा बैंक तथा वित्तीय संस्थाको सञ्चालन खर्च बढिरहेको देखिन्छ ।

शैक्षिक क्षेत्रः

कोरोना भाईरसको कारणले सबैभन्दा बढी शैक्षिक क्षेत्रमा असर भएको देखिन्छ । देशको सम्पूर्ण शैक्षिक संस्था बन्द भएकोले पठन पाठन भएको छैन, गत चैत्रमा हुने भनिएको एसईई परिक्षा त्यसै गरी कक्षा ११ र १२ को परिक्षा अनिश्चित काल सम्म स्थगित गरिएको छ । नयाँ शैक्षिक सत्रको भर्ना भईरहेको छैनन । केहि संस्थाले अनलाईन माध्यमबाट शुरु गरेपनी त्यो प¥याप्त भएको देखिदैन । जसले गर्दा सम्पूर्ण शैक्षिक संस्थामा असर परेको छ ।

कृषि क्षेत्रः

कोरोना भाईरसको कारणले लकडाउन हुँदा कृषि क्षेत्र पनि नराम्ररी असर पुगेको देखिन्छ । किसानको दुध, तरकारी फलफुल, माथा, मासु तथा अन्य खाद्यान्न वितरण राम्रो संग भएको देखिदैन जसले गर्दा कृषि क्षेत्रमा पनि कोरोनाको प्रभाव भएको देखिन्छ ।

पर्यटन क्षेत्रः

नेपाले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा कोरोनाको असर अत्याधिक देखिएको पाईन्छ । जसको कारणले २०७७ वैशाख १ गते देखि यसको समिति बिगठन गरियो । जसले गर्दा ५० लाख पर्यटक भित्राउने योजना सफल भएन र उक्त नेपाल भ्रमण वर्ष २०२२ लाई तोकिएको छ । राष्टिंय तथा अन्तराष्टिंय सम्पूर्ण हवाई सेवा हाल बन्द रहेको छन् । लकडाउनले गर्दा मानिस हरु हिलडुल गरिरहेका छैनन सम्पूर्ण होटलहरु बन्द रहेका छन् । जसले गर्दा सबै पर्यटकीय क्षेत्र नराम्ररी प्रभावित भएको छ ।

त्यसैगरी अन्य क्षेत्र यातायात, मनोरंजन, खेलकुद, लगायत सबै तिर यसको असर देखिएको छ ।
यस बाट हामीले बुझ्नु पर्ने कुरा के छ भने ससार भर कोरोना बाट पर्ने आर्थिक असर धेरै समय सम्म रह्ने निश्चित छ । तसर्थ नेपालले पनि यस बाट हुने आर्थिक क्षति को बारे मा अहिले बाट नै सोचेर कदम चाल्नु उपयुक्त हुन्छ । हैन भने भुकम्प बाट आक्रान्त भएर उठन थालेको अर्थतन्त्र फेरि कोरोना का कारण तहस नहस भयो भने नेपाल बिकास पथ मा अघि बढ्न धेरै समय लाग्ने छ र हामी ले देखेको आर्थिक समृद्धि को सपना सपना नै रहने छ । त्यसै ले सबै मिलि आर्थिक अभियान मा लाग्नु आज को आवश्यकता हो ।
पंकज सापकोटा
विराटनगर १०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्