झापा जिल्लामा लकडाउन कडा बनाउने तयारी ,एकजना भन्दा बढी हिड्न नपाउने

झापा जिल्लामा लकडाउन कडा बनाउने तयारी ,एकजना भन्दा बढी हिड्न नपाउने

विष्णुप्रसाद पोखरेल
दमक, वैशाख १६ गते । झापाका दुई स्थानीय तहमा कोरोना संक्रमण भएका दुई व्यक्ति फेला परेसँगै जिल्लामा बन्दाबन्दीलाई थप कडाई बनाउन शुरु गरिएको छ । संक्रमण फेला परेको दमक नगरपालिकाले आवश्यक काम तथा किनमेलमा पनि एकजनाभन्दा बढी हिड्न नपाउने निर्णय गरेको छ ।

नगर प्रमुख रोमनाथ ओली संयोजक रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
‘अत्यावश्यक कामका लागि घर बाहिर निस्किदा सामाजिक दुरी कायम हुने गरी एकजना व्यक्ति मात्र निस्किन पाइने निर्णय भएको छ’, ओलीले भन्नुभयो ।

अस्पताल जान र मरिमराउमा जाने कामलाई अत्यआवश्यक भनिएको छ । नगरपालिकाले तोकेको समयमा दैनिक उपभोग्य सामाग्री किनमेलमा पनि एकजनाभन्दा बढी घरबाट निस्कन पाईनेछैन । अत्यावश्यक बस्तुहरु खाद्यान्न तथा तरकारी र ग्यास हरेक दिन दिउँसो १२ बजेदेखि २ बजे सम्म दिनको दुईघण्टा मात्र खरिद विक्री गर्न पाइने निर्णय भएको पनि ओलीले जनाउनुभयो ।

अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु विक्री गर्ने पसलहरुले सामाजिक दुरी कायम हुने गरी उपभोक्तालाई लाइनमा राख्ने व्यबस्था गरेर मात्र विक्री गर्न पाइने र अन्यथा विक्री गर्न नदिने निर्णय भएकाले यसको कार्यन्वयनका लागि इलाका प्रशासन कार्यालय दमक र इलाका प्रहरी कार्यालय दमकलाई निर्देशन दिएको पनि जनाईएको छ ।

यता झापाको भद्रपुर नगरपालिकाले संक्रमण भेटिएको पालिकाहरुबाट केही पनि सामाग्रीहरु नल्याउने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख जीवन श्रेष्ठका अनुसार नगरपालिका नजिकै रहेको बाह्दशी गाउँपालिकाबाट केही सामाग्रीहरु नल्याउने र नाकाहरुमा प्रहरी राखेर नियण्त्रणका लागि प्रयास गरिने जनाउनुभएको छ ।

छिमेकी नगर दमकमा कोरोना संक्रमण देखिएपछि कमल गाँउपालिकाले लक डाउन प्रभावकारी बनाउन वडा कर्यालयहरुलाई अधिकार प्रत्योजन गरेको छ । पसल तोकिएको समय बाहेक खुल्न नदिने र विना पासका सवारी साधनहरु कुद्न नदिने भनेर वडा कार्यालयहरुलाई निर्देशन जारी गरिएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्