ओखलढुंगामा लकडाउनमा चोरी बढ्दै , विद्यालयको सिसि क्यामेरा समेत गायब

<span class='c1'>ओखलढुंगामा लकडाउनमा चोरी बढ्दै ,</span> <span class='c2'>विद्यालयको सिसि क्यामेरा समेत गायब</span>

रामहरि श्रेष्ठ 
ओखलढुंग । ओखलढुंगामा लकडाउन अर्थात बन्दाबन्दीको समयमा चोरीको घटना बढेका छन् ।

सोमबार राती जिल्लाको एक विद्यालय, सुनचाँदी पसल र दुई स्थानीयको किराना पसलमा चोरी भएको छ । सिद्धिचरण नगरपालिका २ स्थित रक्तमाला आधारभूत विद्यालयमा सुरक्षाका लागि जडान गरिएका सिसी क्यामेरासहित विभिन्न शैक्षिक सामाग्री र खेलकुदका सामाग्रीहरु चोरी भएका छन् ।

चोरले रातको समयमा विद्यालयको ताला फोडेर सिसी क्यामेरा र शैक्षिक सामाग्री चारी गरेको एक प्रोजेक्टर तोडफोड गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जीवन कट्वालले बताए । उनले विद्यालयको बालकक्षा र प्रशासनिक कक्षा तोडफोड गरेको समेत प्रतिकृया दिए । सोमबार राती नै जिल्ला सदरमुकामस्थित चन्द्र सुनचाँदी पसलबाट सय तोला चाँदी र १५ हजार बराबरको पोते चोरी भएको सञ्चालक चन्दबहादुर विकले बताए । डेरामा बस्दै आएका विकको रातको समयमा पसलबाट चाँदी र पोते चोरी भएको उनले बताए ।

यस्तै सोही दिन बेलुका सिद्धिचरण नगरपलिका १ स्थित सुमन खत्री र नगरपालिका २ का स्थानीय वीरबहादुर कार्कीको किराना पसल समेत चोरी भएको उनीहरुले बताएका छन् । नेपालमा जारी बन्दाबन्दीका समयमा अधिकांश पसल व्यवसाय बन्द हुँदा सोही मौका छोपेर चोरीको घटना बढेकोे हुनसक्ने प्रहरीको अनुमान छ । जिल्लामा चोरीको घटना बढेपछि प्रहरीले मोवाईल गस्ती टोली परिचालन गरी चोरी गर्ने व्यक्तिको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका निरीक्षक मिलन बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्