नेपालमा कोरोनाको बीमा गर्नेको संख्या पनि बढ्दै

<span class='c1'>नेपालमा कोरोनाको बीमा गर्नेको</span> <span class='c2'>संख्या पनि बढ्दै</span>

कोरोना भइरसको बीमालेख शुरू भएको ५ दिनमा ७ हजार ४ सय ९९ जनाले बीमा गरेको छन् । बीमा समितिका अनुसार यो पोलिसी बेचेर बीमा कम्पनीले ४१ लाख ७३ हजार ४ सय रुपियाँ बीमा शूल्क आर्जन गरेका छन् । सो अवधिमा ४ सय ७४ वटा पोलिसी बिक्री भएको छ ।

२० वटा निर्जीबन बीमा कम्पनीले उक्त पोलिसी बिक्री गरेका हुन् । यस्तो बीमा अस्पताल तथा कर्पोरेट हाउसहरूले गराएको बीमा समितिको भनाइ छ ।
समितिले नै ८० जना कर्मचारीको बीमा गराइसकेको छ । विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएको छ । नेपालमा पनि बीमा समितिले कोरोना भाइरसको बीमा शुरू गरेको छ ।

कोरोना भाइरसको संक्रमण शुरू भएयता एक सातामा १० हजार ७ सय १९ जनाले बीमा गरेका छन् । बीमक संघका उपाध्यक्ष एनपी प्रधानका अनुसार ७१९ वटा पोलिसी बिक्री गर्दा ५७ लाख २१ हजार ५ सय २० रुपियाँ प्रिमियम संकलन भएको छ । २० वटा निर्जीवन बीमा कम्पनीले उक्त पोलिसी बिक्री गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्