स्वास्थकर्मीको भुमिका हरेक आकस्मिकतामा महत्त्वपूर्ण छ – बिकास अधिकारी

स्वास्थकर्मीको भुमिका हरेक आकस्मिकतामा महत्त्वपूर्ण छ – बिकास अधिकारी

कोरोना को बिश्वब्यापी आतंक सुरु भएको करिब तीन महिना भयो। यी तीन महिनामा सारा बिश्वलाइ त्रसित बनाएर केवल यस कै विषयमा केन्द्रित बनायो ।

यस कोरोनामा यसको उपचार अनि यसको रोकथाम का लागि ठयाक्कै यो स्थिति नै हो भनेर भन्न सकिने अवस्था पुर्ण रुप मा बन्न सकेको छैन । यसले रोगको रुपमा कुन स्तर सम्म क्षति गर्ने छ भन्ने अनुमान मात्र गर्न सकिन्छ ।

यस बाट मुक्ती पाउन बिश्व स्वस्थ्य संगठनको राय र अनुसन्धान लाई संसारले पछ्याइरहेको अनि आफ्नो आफ्नो मुलुकमा राज्यले आफ्नो आफ्नै रणनीतिहरु बनाइ लागू गरि रहेको छ्न । हाम्रो देशले पनि यसबाट बच्न र बचाउन, उपचार र संक्रमितको खोजी जाँच अनि क्वारेन्टाइन गर्ने कार्यहरु गरि रहेकै छ ।

लक डाउन ले मानिसहरुको चहलपहललाई ठप्प पारेको मात्र छैन यो सगै जीवन संचालनमा निकै ठूलो चुनौती दिने अनुमान लगाउन गार्हो छैन । हामी हरेक दिन रेडियो पत्र पत्रीका सामाजिक सन्जाल आदिबाट भिन्न भिन्न कोण बाट विभिन्न बिचार तर्कहरु बिश्लेश्ण हरु हेरि रहेका सुनी रहेका छौ ।

हामी सबैले बुझेका र बुझ्नु पर्ने स्वास्थ सेवाका आयामहरुलाई संक्रमणले बुझाइ दिएको छ । किन भने चिकित्सकिय ज्ञान सीप नै अहिलेको आकस्मिकताको सबै भन्दा महत्त्वपूर्ण बिषय बनेको छ । खास गरि हाम्रो जस्तो मुलुकमा नीति निर्माण तह र सार्वजनिक जीवनमा पनि स्वास्थ सग सम्बन्धि विषय प्राथमिकताको पहिलो चरणमा आउने गरेको थिएन।

अहिले को परिस्थिति ले चिकित्सक नर्स को भुमिका साधारण नियमित उपचारमा मात्रै हैन हरेक किसिम का आकस्मिकतामा अझ बढी हुने प्रष्ट्याएको छ । साधारणतया त्यति चर्चा नहुने अझ भनौ ओझेलमा पर्ने गरेका स्वास्थ क्षेत्रका प्राबिधिक तथा व्यावसायिक क्षेत्रहरु पारामेडिक्स, प्याथोलोजी ,डाइगोनोस्टिक र फार्मेसी लगायत को भुमिका को महत्व अहिले सबैले बुझ्न थालेका छ्न । अझ पनि हामीले पुर्ण रुपमा सदुपयोग गर्न नसकी रहेको स्वास्थ्य ब्यबस्थापन का महत्वपूर्ण व्यावसायिक जनस्वास्थकर्मी बिज्ञहरु हुन। जस बाट यस्ता आपतकालमा दीर्घकालीन योजना र ब्यबस्थापनमा नेतृत्व दिन सकिन्छ ।किनभने यो महामारी लगायत स्वास्थको समग्र क्षेत्र उपाचारात्मक मात्र नभई ठुलो क्षेत्र रोगको रोकथाम स्वास्थ शिक्षा पनि हो ।

संक्रमणको जोखिम लामो समय सम्म रहि रहदा लकडाउनको स्थिती पनि लम्बिने छ जस कारण यसले सामाजिक जीवन मा निक्कै ठूलो नकारात्मक असर पर्ने देखिन्छ ।गाँस बास कपासको अभाव देखि उधोग ब्यबसाय स्वास्थ शिक्षा कृषी लगायत का कुनै पनि क्षेत्र चोखो नरह्ने अनुमान गर्न गाह्रो छैन । अबको आवश्यकता तत्कालीन अवस्था लाई सामान्यिकरण गरि सहज बनाउनु मात्र हैन यस पछिका चुनौतीको सामना गर्न तयार रहनु पनि हो ।

स्वास्थ व्यावसायी को आवश्यकता का आधार मा उत्पादन र ब्यबस्थापनको अधिकतम उपभोग गर्ने दिशा मा योजना तयार गर्नु पर्दछ ।निजि क्षेत्र का स्वास्थ सस्थाहरुमा बेडको संख्या र जनशक्ति को आधार मा जुन ब्यापकता छ त्यस लाई कसरी सदुपयोग गर्ने र यो महामारीबाट सधैका लागि उन्मुक्ति पाउने भन्ने योजना सहितका कार्यक्रम अगाडी बढाउन जरुरी छ ।

कोरोना र लक डाउनले व्यापक असर गर्ने संक्रमण बढ्ने संभावना रहेकाले नागरिक तहमा व्यापक निराशा छाउने साथै मनोबल गिर्ने जोखिम रहिरहन्छ। अबको हाम्रो भुमिका स्वास्थ मन्त्रालयको निर्देशिका अनुसारको अनुशासनमा बस्ने र परिस्थिति संग जुध्न उच्च मनोबल कायम गर्नु रहन्छ । मनोबल उच्च रहेमा परिस्थितिको सामना गर्न हिम्मत मिल्दछ । यो एउटा ठूलो हतियार हो । साथै यो समय लाई खेर जान नदिन पहिले समय अभावमा पूरा गर्न नसकिएका आफ्ना घरै बसेर गर्न सकिने विभिन्न क्रियाकलापमा सहभागी भइ समयको सदुपयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्