नेपालमा अनलाइन शिक्षा : कति सम्भव , कत्तिको प्रभावकारी ?

<span class='c1'>नेपालमा अनलाइन शिक्षा : कति</span> <span class='c2'>सम्भव , कत्तिको प्रभावकारी ?</span>

पहिले ज्यान जोगाऔं, बाँचे फेरी पढौंला र परिक्षा दिउँला भन्दै जिस्किन्थ्यौं हामी विद्यार्थी जिवनमा । अहिले कोरोना माहामारीले जिवन, मरण, पढाई र परिक्षा प्रणालीलाई चुनौती दिएको छ । विज्ञान र विद्धान अनुसन्धानकै क्रममा छन् । अव कसरी जाने ? शिक्षा प्रणालीलाई तत्काल विकल्पको रुपमा अगाडी वढाउन अनलाइन शिक्षा प्रणालीमा जोड दिइएको पाइन्छ तर के यो अहिले शैक्षिक सत्रको विचमा आएर सम्भव छ ? पाठ्यक्रम शैक्षिक संस्था, शिक्षक,विद्यार्थी तयारी छन् ? भन्ने कौतुहलता लाग्नु स्वभाविक नै हो ।

शैक्षिक सत्रको मध्ये वा अन्त्यमा अनलाइन कक्षा सञ्चालन गर्ने भनेको भर्खर आएको अध्यादेश लागु गर्नु र तुरन्तै फिर्ता लिनु जस्तै नहोस किनभने अनलाइन शिक्षा अनुसार अहिलेको पाठ्यक्रम,शिक्षक तथा अभिभावक र विद्यार्थी तयारी छ कि छैन भनेर गहन विचार गरिनुपर्छ । अनलाइन शिक्षा शुरु गर, गरौं भन्नु एक पक्ष हो भने व्यवहार मै उतारेर शिक्षा दिनु अर्को पक्ष हो । इन्टरनेटको पहुँच र प्राविधीक ज्ञान नहुने शिक्षक तथा विद्यार्थीलाई “कागलाई वेल पाक्यो हर्ष न विस्मात” भनेजस्तै हुन्छ । गहन योजना र विस्तृत अध्ययन नगरी ल्याइएको कार्यक्रम विफल हुने सम्भावना बढि हुन्छ ।

म अनलाइन शिक्षा प्रणालीको विशेषज्ञ त होइन तर करिब १५ वर्ष जतिको अध्यापनको अनुभव र मेरो ज्ञानको अनुभवबाट हेर्दाखेरी एक कुशल वर्गको विद्यार्थीलाई “अकवरे सुनलाई कसी लगाउनु पर्दैन” भनेजस्तै राम्रो विद्यार्थीले आफ्नो जिम्मेवारी पुरा गर्छ । अर्को वर्ग यस्तो हुन्छ जो अरुको लागि पढिदिएको जस्तो गर्छ । लकडाउनले विद्यालय तथा विश्व विद्यालयको नियमित अध्ययन अध्यापन बन्द रहेको छ । इलर्निङमा जाँदैछ तर शैक्षिक सत्रको विचमा शुरु गरिएको इलर्निङले पाठ्यक्रमको उदेश्य पुरा हुँदैन किनभने यस अनुसार विषयवस्तु राखिएको छैन । अहिले अनलाइन शिक्षण विधी प्रयोग गर्दा हामीले यो सोच्नुपर्छ कि शिक्षक तथा विद्यार्थीहरु यसको लागि तयारी छ कि छैन ? प्राविधीक ज्ञान कतिको छ ? अनि उसले तालिम या अन्य विधीबाट यसमा दक्षता हाँसिल गरेका छन् कि छैनन् ? विद्यार्थीहरुको एक वर्ग यस्तो हुन्छ जो हरेक दृष्टिकोणबाट सक्षम हुन्छ । अर्को वर्ग भनेको जसोतसो शैक्षिक संस्थामा लाग्ने शुल्क तिरिरहेको हुन्छ । दोस्रो वर्गका कतिपय विद्यार्थीहरुलाई पेट भर्न गाह्रो भएको वेला थप बोझ हुन जान्छ कि भन्ने कुरामा पनि विचार गरिनुपर्छ । निजी विद्यायलहरुले अनलाइन शिक्षणको लागि पहल गर्ला तर सरकारी तथा ग्रामिण स्तरका विद्यालयहरुका लागि कति सम्भव होला जहाँ नेट इन्टरनेटको सुविधा छैन ।

अनलाइन शिक्षा प्रणाली शिक्षण प्रणालीका विभिन्न शिक्षण विधी मध्ये एक विधी हो, जसमा इन्टरनेटको सहयोगले घरमै बसेर ल्यापटप वा गुणस्तरीय मुवाइल प्रयोग गरी ज्ञान सीप लिने गरिन्छ । शिक्षण विधी र माध्यमको प्रयोग गुरुकुल शिक्षा प्रणाली, खरीपाटी,कालो पाटी,ह्वाइट वोर्ड,ओभर हेड प्रोजेक्ट,पावर प्वाइन्ट हुँदै अनलाईन शिक्षा प्रणालीमा प्रवेश गरेको छ । अनलाइन शिक्षा प्रणालीलाई इलर्निङ सिकाई प्रविधी पनि भनिन्छ । यसका लागि पाठ्यक्रम, शैक्षिक संस्था, शिक्षक,विद्यार्थी तथा भौतिक वातावरणको समुचित प्रयोग पहिले देखि तय भएको हुनुपर्छ ।
१८औं शताब्दीमा पार्सल पोष्टबाट दूर शिक्षाको शुरुवात भयो । १९औं शताब्दीमा रेडियोको माध्यमबाट शिक्षा दिन थालियो ।

अहिले विश्वका विभिन्न विश्व विद्यालयमा दूर शिक्षा लागुभएको छ । नेपालमा दशवटा विश्व विद्यालयका साथै खुल्ला विश्व विद्यालय पनि रहेका छन् । खुल्ला विश्व विद्यालयले दूर शिक्षाको माध्यबाट शिक्षा दिइरहेका छन् । दूरशिक्षा र इलर्निङ विधीको शाब्दिक अर्थमा केहि फरक छ । यि विधीका आफ्नै किसिमको फाइदा र वेफाइदा रहेको छ ।
साधारण भाषामा सिक्नु भनेको कुनै कुराको ज्ञान प्राप्त गरी व्यवहारमा देखाउनु हो । यो कज्नीटिभ,इफेक्टीभ र साइकोमोटर प्रक्रियाबाट पुरा गर्न सकिन्छ । यसैगरी विहाइविरिजम र कज्नीटिभ प्रक्रियाले सिकाइमा प्रभाव पार्छ । हामीले सिक्ने कतिपय कुरा व्यवहारबाट सिकिन्छ भने कतिपय कुरा उसको क्षमतामा भर पर्छ । हरेक मान्छेको सिकाइको लागि केहि खास दिमागी क्षमता हुन्छ । जुन जन्मजात हुन्छ यसलाई टवुलारसा पनि भनिन्छ । यसैकारणले कोहि अति उत्तम हुन्छ भने कोहि कम हुन्छ । सिकाईमा उसले प्राप्त गरेको शिक्षण विधीले ठुलो महत्व राख्छ । जसलाई यसरी देखाउन सकिन्छ ।


शैक्षिक संस्था र शिक्षकको उपलव्धी विद्यार्थीले गर्ने उपलव्धीसंग गाँसिएको हुन्छ । विद्यार्थीले कति सिके,वुझे र व्यवहारमा कति लागु गरे भन्ने नै सिकाइको मुल उदेश्य हो । पहिलो चरणमा शिक्षकको मूल्यांकन विद्यार्थीले गर्नेगर्छ र त्यसपछि शिक्षकले विद्यार्थीको मूल्यांकन गरिरहन्छ । आफुले जानेको ज्ञान र क्षमताले विद्यार्थीलाई मार्गदर्शन गर्ने गर्दछ जसले गर्दा एक विद्यार्थी देशको कर्णधार बन्ने गर्दछ । एक कुशल शिक्षकले विषयवस्तु अनुसार पाठयोजना बनाएर उपयुक्त शिक्षण विधी र माध्यमको प्रयोग गरी दाहोरो सञ्चार गदै अध्यापन गराउनुपर्दछ । विद्यार्थीले अनुशाशित भएर शिक्षकले दिएका ज्ञान ग्रहण गर्दै सिकाई प्रभावकारी बनाएर उदेश्य पुरा गर्नुपर्दछ ।

“नहुनु मामा भन्दा कानो मामा नै उत्तम” भनेजस्तै फिल्ड र प्रयोगात्मक कक्षाहरुलाई छोडेर शैद्धान्तिक विषयवस्तुलाई विद्यार्थी र शिक्षकको सहमतीमा इलर्निङ विधीबाट अध्यापन गराऔं । मैले पनि जूम एप प्रयोग गरी अनलाइन कक्षा केहि दिन देखि कक्षा सञ्चालन गर्दैछु । विद्यार्थीको सहभागिता कम भए जुटाउने प्रयास गरौं । यदि धेरै विद्यार्थी सहभागी नहुने हो भने सहज वातावरण हुने वितिकै पुनः नियमित अध्यापन गराउनुपर्छ । शिक्षक तथा विद्यार्थीले आधुनिक उपकरणको प्रयोग गरी क्षमता निखार्ने सुनौलो अवसरको रुपमा लकडाउनलाई सदुपयोग गर्नुपर्छ । शैक्षिक संस्था र शिक्षकले विद्यार्थीको शैक्षिक उत्रती तथा प्रगतिमा ध्यान दिनुपर्छ । अहिलेको हाम्रो पाठ्यक्रम अनुसार इलर्निङमै कोर्ष सकियो भनेर ढुक्क हुनुहुदैन भन्ने मेरो निजी विचार हो ।

सुर्य नारायण चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्