प्रदेश १ मा राहत बितरणमा ट्रक लिएर मन्त्री वडाहरु धाउँदै, एक बर्षको सेवा सुबिधा राहतमा

प्रदेश १ मा राहत बितरणमा ट्रक लिएर मन्त्री वडाहरु धाउँदै, एक बर्षको सेवा सुबिधा राहतमा

विरारटनगर । प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैतले आफ्नो निर्वाचन क्षेत्रमा राहत बितरण थाल्नु भएको छ । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४मा मन्त्री कुसियेतले राहत बितरण थाल्नु भएकोहो ।

बराह क्षेत्र नगरपालिकाका ६ वटा वडा, रामधुनी नगरपालिकाको १ वडा, ईनरुवा नगरपालिकाको ३ वटा वडा, कोशी गाउँपालिकाका सबै वडामा राहत बितरण गरिएको छ । मन्त्री कुसियैतका अनुसार निर्वाचन क्षेत्र ४ अन्तरगतका ३२ वटा वडामा आफै पुगेर वडाहरुलाई राहतको रुपमा चामल र नगद नै उपलब्ध गराईएको छ ।
मन्त्री कुसियैतले आफुले एक बर्षसम्म राज्यकोषबाट पाउने सेवा सुबिधाबाट निर्वाचन क्षेत्रमा राहत बितरण शुरु गरिएको बताउनु भयो । हरेक वडामा १५ सय किलोको चामल उपलब्ध गराइएको छ । प्रत्येक वडामा प्रति परिवार १० किलोको दरले १५० परिवारलाई पुग्नेगरी राहतमा चामल उपलब्ध गराईएको कुसियैतले जानकारी दिनुभयो ।

एक बर्षको सेवा सुबिधा करिब ६ लाख हुनेमा १ महिनाको रकम प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषलाई हस्तान्तरण गरिएको र बाँकी रकम निर्वाचन क्षेत्र अन्तरगत भोेकै बस्नु पर्ने बाध्यतामा रहेका जनतालाई लक्षित गरी बितरणको काम थालिएको मन्त्री कुसियैतले बताउनुभयो ।

बराह क्षेत्रका ६ वटा वडालाई पुग्नेगरी नगरपालिकामा मेयर निलम खनाललाई १ लाख ५० हजार नगद हस्तान्तरण गरिएको छ भने रामधुनी नगरपालिकाको एउटा वडालाई ३० हजार नगद दिईएको मन्त्री कुसियैतले बताउनुभयो । अन्य वडामा भने चामल नै पुर्याईएको छ । मन्त्री कुसियैत खाद्यान्नको सामाग्री सहितको ट्रक लिएर वडा वडामा पुग्न थालेका हुन् । पालिकाले बितरण गरेको चामलमा स्थानीयले बिरोध जनाएपछि मन्त्री राहतको चामल बोकेर आफ्नो निर्वाचन क्षेत्रमा पुग्नु भएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्