‘प्रचण्ड’लाई सामाजिक सञ्जालमा गाली गरेको आरोपमा एक पत्रकार पक्राउ

‘प्रचण्ड’लाई सामाजिक सञ्जालमा गाली गरेको आरोपमा एक पत्रकार पक्राउ

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामाजिक सञ्जाल मार्फत जथाभावी गाली गरेको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । रेडियो नेपालको बोर्ड सदस्य रहेका पक्रकार दिपक पाठक भक्तपुरबाट पक्राउ परेका हुन् ।

केही दिनअघि प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले पाठकले सामाजिक सञ्जालमार्फत दाहालविरुद्ध गाली गलौज गरेको आरोप लगाउँदै छानविन र कारवाहीका लागि  उजुरी दिएका थिए । उजुरीपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पाठकलाई यो विषयमा स्पष्टीकरण समेत सोधेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्