मोरङको विपन्न परिवारलाई ह्याण्ड पम्प ट्यूववेल वितरण

<span class='c1'>मोरङको विपन्न परिवारलाई ह्याण्ड</span> <span class='c2'>पम्प ट्यूववेल वितरण</span>

विराटनगर । आर्थिक अवस्था कमजोर भएका कारण छिमेकीको घरबाट पानी ल्याएर पिउदै आएका एक विपन्न परिवारलाई ह्याण्ड पम्प ट्यूववेल वितरण गरिएको छ ।

मोरङको क्षेत्र नम्बर ५ जहदा गाँउपालीका वडा नं ३ जयरामपुरका नेपाली काग्रेसका युवा नेता तथा समाजसेवी सलिम अन्सारीले एक थान ह्याण्ड पम्प (कल ) वितरण गरेका हुन ।

ह्यूमानिटी फाउन्डेशनका संस्थापक अध्यक्ष समेत रहेका अंसारीले सोही स्थानमा बसोबास गर्दै आएका नेफालाल राजबंशीको परिवारलाई एक थान ह्याण्ड पम्प ट्यूबवेल कल प्रदान गरेका हुन् ।
आर्थिक अवस्था कमजोर भएका कारण लामो समयदेखि छिमेकीबाट पानी ल्याईंदै जिविका चलाईरहेका थिए ।

कोरोनाको त्रासले राजबंशीको परिवारलाई छिमेकीले पानी लिन अहिले जोखिमपूर्ण अवधीभरी नआईदिन आग्रह गरेसँगै पानी पिउन अफ्ठ्यारो परेका कारण ती परिवारलाई ट्यूबवेल पम्प प्रदान गरेको अन्सारीले जानकारी दिए ।

लकडाउनको अवधिमा अन्सारीले अन्य स्थानहरुमा पनि गरीवी र विपन्न परिवारलाई लगातार राहत वितरण गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्