सुलभ अग्रवाल धरौटीमा रिहा भए लगत्तै पुनः पक्राउ

<span class='c1'>सुलभ अग्रवाल धरौटीमा रिहा</span> <span class='c2'>भए लगत्तै पुनः पक्राउ</span>

काठमाडौं, वैशाख १८ गते । ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा गत चैत २५ गते पक्राउ परेका सुलभ अग्रवाल धरौटीमा रिहा भए लगत्तै पुनः प्रहरीले पक्राउ गरेको छ ।

स्वास्थ्य सामाग्री खरिदमा कालोबजारीको मुद्दा दायर गरिएका व्यवसायी अग्रवाललाई अदालतले धरौटीमा छाड्ने आदेश दिए लगत्तै प्रहरीले पुनः पक्राउ गरेको छ ।

कालोबजारी मुद्दामा बिहीबार काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न फैसला गरे लगत्तै व्यवसायी सुलभ अग्रवाललाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भए लगत्तै उनलाई पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रहरीले सम्पत्ति शुद्धिकरणमा समेत अनुसन्धान गर्न आवश्यक ठानिएकाले अग्रवाललाई पक्राउ गरेर प्रहरीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्