अभिनेता ऋषि कुपुरको अन्त्येष्टि, छोरी रिद्धीमा लकडाउनका कारण अन्त्येष्टिमा आउन सकिनन्

अभिनेता ऋषि कुपुरको अन्त्येष्टि, छोरी रिद्धीमा लकडाउनका कारण अन्त्येष्टिमा आउन सकिनन्

एजेन्सी । बिहीबार बिहान निधन भएका बलिउड अभिनेता ऋषि कुपुरको अन्त्येष्टि गरिएको छ । कपुरको मुम्बइस्थित श्मसानघाटमा अन्त्येष्टि गरिएको हो ।

६७ वर्षीय कपुरको बिहीबार बिहान ८ बजेर ४५ मिनेटमा निधन भएको थियो । बुधबार एक्कासि स्वास्थ्यमा गडबडी भएपछि उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पताल भर्ना गरिएको भोलिपल्ट अर्थात बिहीबार बिहान उनको निधन भएको थियो । उनी क्यान्सर रोगसँग लड्दै आएका थिए । अन्त्येष्टि करिब २० जना सहभागी भएका थिए । त्यसमा परिवारका सदस्य र आफन्तहरुको सहभागिता रहेको थियो ।

 

उनको शवयात्रा कलाकारहरु नितु कपुर, रणबीर कपुर, सैफ अलि खान, करिना कपुर खान, आलिया भट्ट र अभिषेक बच्चन पनि सहभागी भएका थिए । कपुरकी छोरी रिद्धीमा कपुर साहनी भने लकडाउनका कारण पिताको अन्त्येष्टिमा सहभागी हुन सकिनन् । यद्यपि,उनी दिल्लीबाट मुम्बईका जानेछिन् । उनी लगायतलाई दिल्ली पुलिसले विशेष पासको व्यवस्था गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्