विराटनगरमा स्थापित प्रजातन्त्र रेडियोमा क्रान्तिका गीत गाउने गायिका रानुदेवीको निधन

विराटनगरमा स्थापित प्रजातन्त्र रेडियोमा क्रान्तिका गीत गाउने गायिका रानुदेवीको निधन

काठमाडौं, वैशाख १९ गते ।

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा गए राती काठमाडौंमा निधन भएको छ । उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिएको जानकारी उहाँकी कान्छी छोरी अल्पना रेग्मीले दिनुभयो ।

रेडियो नेपालको प्रथम गायिका अधिकारीले विराटनगरमा स्थापित प्रजातन्त्र रेडियोमा क्रान्तिका गीत गाउनु भएको थियो । उहाँलाई सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा बाटो नै निधन भएको थियोे । उहाँका दुई छोरी र एक छोरा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्