डिसहोमले ल्यायो विद्यार्थीहरुका लागि विशेष योजना, घरबाटै पढ्न मिल्ने

डिसहोमले ल्यायो विद्यार्थीहरुका लागि विशेष योजना, घरबाटै पढ्न मिल्ने

विराटनगर बैशाख १९,
टेलिभिजिन सेवा प्रदायक कम्पनी डिसहोमले विद्यार्थीहरुका लागि विशेष योजना ल्याएको छ। कोरोना भाइरस र लकडाउनले पारेको असरलाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई डिसहोमले टेलिभिजन मार्फत कक्षा संचालन गर्ने भएको छ।

कोरोना भाइरसका कारण अहिले सबै शैक्षिकसंस्था ठप्प छन्। यहि अबस्थालाई मध्यनजर गर्दै टेलिभिजिन सेवा प्रदायक कम्पनी डिसहोमले बैसाख २० गते शनिबारदेखि विद्यार्थीहरुलाई लक्षित गर्दै कक्षा सन्चालन गर्ने भएको हो। अब कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुले घरमै बसेर पढ्न पाउनेछन्। लकडाउनले गर्दा पुग्न गएको शैक्षिक असरलाई थोरै भएपनी टेवा दिन सामाजिक उत्तर्दायित्वलाई मध्यनजर गर्दै विद्यार्थीहरुको पढाईलाई असर नपरोस् भन्ने सोचका साथ कक्षा सञ्चालन गर्न लागेको डिसहोमका जिएम रमेश सापकोटाले बताए। उनका अनुसार डिसहोम च्यानल नम्बर ११४, ११५ र ११७ मा कक्षा सन्चालन हुनेछ।

साथै विद्यार्थीको पढाईको लागि अभिभावकले पनि सहयोग गर्न सापकोटाले आग्रह गरे।
यसअघि पनि एसइइ तयारी कक्षा संचालन गर्दै आएको थियो। डिसहोमले आफ्ना ग्राहका लागि असअघि पनि विभिन्न अतिरिक्त सेवासुबिधा दिँदै आएको छ। बिगतमा सामाजिक उत्तरदायित्व अन्तर्गत देश भरका विभिन्न ठाउँका शैक्षिक संस्थाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत वितरण गर्दै आएको छ।त्यस्तै लकडाउनलाई मध्यनजर गर्दै डिसहोमले ६ महिना देखि बिबिध कारणले रिचार्ज नगरेका ग्राहकहरुलाई बैशाख २१ गते देखि ३० दिनको लागि निशुल्क डिसहोमका च्यानलहरु हेर्ने व्यवस्था पनि गरेको डिसहोमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्