दमकका संक्रमितको दिनहु सम्पर्कमा आएकाको स्वाब परीक्षण नेगेटिभ

<span class='c1'>दमकका संक्रमितको दिनहु सम्पर्कमा</span> <span class='c2'>आएकाको स्वाब परीक्षण नेगेटिभ</span>

विष्णुप्रसाद पोखरेल
दमक, वैशाख २० गते । झापाको दमक वडा नं. ३ मा कोरोना संक्रमण पुष्टि भएका ब्याक्तिमा दिनहु सम्पर्कमा आएकाहरुको दोस्रो पटक गरिएको स्वाब परीक्षण पनि नेगेटिभ आएको छ । एकसाता अघि भेटिएका संक्रमितको आसपासको क्षेत्र सिल गरेर ५७ स्वाब संकलन गरी परीक्षण गर्दा सबैको नेगेटिभ आएको थियो ।

दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्रि बरालका अनुसार संक्रमित ब्याक्तिका घर तथा नजिक रहेका अरु ब्याक्तिहरु दोश्रो पटक पुन ५ दिनपछि स्वाब परीक्षण गर्दा पनि नेगेटिभ रिर्पोट आएको हो । अब चाहि परिवारका सदस्य सहित अरुमा अहिलेसम्म कोरोना संक्रमण नभएको थप पुष्टि भएको छ, उहाँले भन्नुभयो ।
यसभन्दा अघि धरानस्थित विपि कोइराला बिज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षण भएकोमा यो पटक विराटनगरस्थित प्रोदेशिक प्रयोगशालामा परीक्षण भएको पनि जनाईएको छ ।

दमकस्थित लाइफलाइन अस्पतालबाट एक ब्याक्तिको स्वाब परीक्षणका लागि धरान पठाईएकोमा त्यो परीक्षण रिर्पोट भने आँउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्