झापामा चाउचाउ उद्योग लकडाउनमा पनि सामाजिक दुरी कायम गरि सञ्चालनमा

झापामा चाउचाउ उद्योग लकडाउनमा पनि सामाजिक दुरी कायम गरि सञ्चालनमा

चन्द्रकला भण्डारी । झापा बैशाख २०,

तयारी चाउचाउ उत्पादन गर्ने झापाको एकमात्र कम्पनी मनसा थाई फुड प्रालिले बन्दाबन्दीको अवस्थामा समेत उद्योग सञ्चालन भइरहेको जनाएको छ ।

दुई वर्षअघि रु ४० करोडको लगानीमा खोलिएको उद्योगमा सयभन्दा बढी कर्मचारी रहेका छन् । स्थानीय क्षेत्रका बासिन्दालाई रोजगारी प्रदान गरेको हुँदा बन्दाबन्दीमा समेत उद्योग सञ्चालन गर्न समस्या नभएको सञ्चालक बुद्धि घिमिरेले जानकारी दिए ।

उनले कच्चा पदार्थको अभावमा मागअनुसारको उत्पादन गर्न नसकेको बताए । ‘काम गर्ने समय आधा घटाएका छौँ’, उनले भने, ‘दैनिक चार हजार ५०० कार्टुन मात्र उत्पादन गर्दैछौँ ।’ उद्योगमा यसअघि १६ घण्टा काम हुने र उत्पादनसमेत दोब्बर हुँदै आएको थियो ।

मेचीनगर–१४ मा रहेको सो उद्योगका कामदारहरु मेचीनगर १३, १४ र भद्रपुर नगरपालिका–९ का बासिन्दा रहेका छन् । जसका कारण उनीहरु बन्दाबन्दीको समयमा समेत सजिलै उद्योगमा काम गर्न आइरहेका छन् । उनीहरुलाई उद्योगमा साबुन पानीले हात धुने व्यवस्थासहित सामाजिक दूरी कायम गरेर काम लगाउँदै आएको सञ्चालक घिमिरेले बताए ।

उद्योगमा काम गर्ने कर्मचारीले स्थापनाकालदेखि नै हातमा पञ्जा, मास्क र गाउन लगाउँदै आएको उनको भनाइ छ । यस उद्योगले मगमग, अकबरे, रेलीमाई, प्यारीलगायत ब्राण्डका चाउचाउ उत्पादन गरी देशभर बिक्री वितरणका लागि पठाइरहेको सञ्चालक घिमिरेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्