नेपाली काँग्रेसद्वारा ताप्लेजुङमा आगलागीबाट पिडितलाई तत्काल राहत दिन माग

<span class='c1'>नेपाली काँग्रेसद्वारा ताप्लेजुङमा आगलागीबाट पिडितलाई</span> <span class='c2'>तत्काल राहत दिन माग</span>

नेपाली काँग्रेसले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति १०ः०० बजेदेखि शुरु भएको आगलागी आज बिहान ५ः०० बजे नियन्त्रणमा आउँदासम्म सात घर र केही पसल पूर्णरुपमा जलेर क्षति भएको थियो ।

काँग्रेस जिल्ला कार्यालयको भवनमा समेत आगलागीबाट सामान्य क्षति भएको पार्टी कार्यालयले जनाएको छ ।

काँग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्तिमार्फत उक्त घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीका कारण आफ्नो आवासगृहसहित धनसम्पत्ति गुमाएका परिवारजनमा सहानुभूति प्रकट गरे ।

साथै उनले आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहतको उचित प्रबन्ध गर्न सरकारसँग माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्