विषालु च्याउ खाँदा रुपन्देहीमा एकै परिवारका ७ जना बिरामी

<span class='c1'>विषालु च्याउ खाँदा रुपन्देहीमा एकै</span> <span class='c2'>परिवारका ७ जना बिरामी</span>

रुपन्देहीमा विषालु च्याउ खाँदा सात जना बिरामी भएका छन्। गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिलवाका एकै परिवारका सदस्य बिरामी भएका हुन्।
बिरामी हुनेमा १२ वर्षीया अनिषा हरिजन, १४ वर्षीया मनिषा हरिजन, १६ वर्षीय रामानन्द हरिजन, १८ वर्षीया लक्ष्मी हरिजन, ३५ वर्षीया सरस्वती हरिजन, ४५ वर्षीय बद्री हरिजन र ७० वर्षीय कैलाशी हरिजन छन्।
भैँसी चराउन गएका परिवारका सदस्यले जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन्।
शुक्रबार राति च्याउ खाएका उनीहरुमा पेट दुख्ने र बान्ता हुने जस्ता समस्या देखिएपछि राति १२ बजे भीम अस्पतालको आकस्मिक कक्षमा भर्ना गराइएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए।
बिरामीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएकाे छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्