केशब बस्नेत
म कोशी आस्पतालको कुष्ठरोग बिभागमा बिगत ५ बर्ष देखि कार्यरत छु ।बिगत केहि महिना अघि देखि बिश्वमा फैलिरहेको महामारीबाट नेपाल पनि अछुतो रहेन । देशका सबै केन्द्रिय,प्रदेश देखि स्थानीय सरकार सम्म क्वारेन्टाइन र आइसोलेसन देखि विभिन्न कोरोना रोकथाममा जुटिरहेका छन ।
त्यसै क्रममा प्रदेश १सरकारले पनि छुट्टै कोरोना अस्पताल बनाई महामारी विरुद्ध होमिने निर्णय गरेको हामी सबैलाइ अबगत नै थियो ।
अस्पतालको कुष्ठ रोग बिभागमा काम गरिरहदा नेपालमा विभिन्न ठाउमा फाट्टफुट्ट संक्रमणहरु देखिन थालेको थियो तर प्रदेश एकमा त्यतिबेला सम्म कुनै केस भने देखि सकेको थिएन तर एक्कासी उदयपुरबाट सुरुमा १३जना संक्रमित पत्ता लागेसंगै प्रदेश एकमा पनि कोरोनाको संक्रमणको डर लाग्दो स्थिती देखिन थाल्यो ।
कोशी अस्पताल अन्तर्गत रहेको covid-19 उपचार केन्द्रमा कोशी अस्पतालका स्वास्थकर्मीहरुले काम गर्नुपर्ने अस्पताल प्रशासनले अवगत गरायो।
पहिलो चरणमा डाक्टर,नर्स ,पारामेडिक्स र कार्यलय सहयोगीको एउटा समूह परिचालन भैसकेको थियो।
उदयपुर झापा भोजपुर लगायतका जिल्लामा सन्क्रमित बढ्दै जान थाले । अस्पतालको पहिलो समुहले आफ्नो डिउटी पूरा गरेर क्वारेन्टाइनमा बस्न थाले । मेरो पनि दोस्रो हप्ताका लागि कार्य तालिकामा नाम चढाइएको रहेछ ।
मनमा एक प्रकारको डर त्रास र खुल्दुली सुरु भएको थियो। परिवारका सदस्य तथा साथी भाइ म भन्दा बढी आतिएका थिए र तारन्तार सके सम्म काममा नजान आग्रह गरिरहेका थिए। पहिले कहिले पनि यस्तो महामारीमा काम नगरेको त्यस माथि बिश्वमै तहल्का मच्चाइ रहेको कोरोना भाइरसमा सबै डराउनु स्वभाबिक नै थियो ।
तर मैले आफ्नो मनलाई दरिलो बनाउन थालिसकेको थिए। जनताको सेवाका निम्ति स्वास्थसेवामा प्रवेश गरेको म यस्तो अवस्थामा परिवार र साथी भाइको काममा नजाने आग्रह कसरी स्वीकार गर्न सक्थे र ? म जस्ता स्वास्थकर्मी ले त्यसो गर्नु जनता प्रतिको अन्याय हुने थियो । त्यसैले जे जस्तो अवस्था आए पनि कोरोना बिरुद्ध को लडाइमा होमिने फैसला मेरो भित्री मनदेखिनै मैले गरिसकेको थिएँ ।
अस्पतालबाट जानकरी पाइयो सुरुको एक हप्ता काम गर्ने त्यस पछि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने । दोस्रो हप्ताका लागि मा लगायतका स्वास्थकर्मीहरुको एक शिफ्ट का लागि ५ देखि ६जनाको डिउटी लिस्ट रहेछ ।
हाम्रो समुहको डिउटी बैशाख १३ बाट सुरु भयो। हामीलाई अस्पताल आउनु अगाडी यस सम्बन्धि केहि जानकारीहरु प्राप्त भैसकेको थियौ । त्यसै अनुसार हाम्रो काम सुरु भयो । हाम्रो समूह अस्पताल पुग्दा बिरामी को संख्या २९ थियो । हामी पुगे पश्चात २ जना थपिए पछि त्यो बढेर ३१ पुग्यो। सुरुमा रेड जोनमा छिर्नै डर लागिराखेको थियो । तर पहिले काम गरिसकेका साथीहरुले राम्रोसंग जानकारी गराए र डर अलि कम भयो ।
बेलुका को खाना तथा स्वास्थ्य अबस्था बुझ्न पि पि इ लगाएर हामी भित्र छिर्यौ। हामीले बाहिर सोचे भन्दा फरक माहोल पायौं। धेरै मुस्लिम सामुदायका ब्यक्तिहरु संक्रमित भएकाले उहाँहरुको त्यहि दिन देखि रमजान सुरु भएको रहेछ। दिन भरि व्रत बसि बेलुका प्राथना गरेर मात्र भोजन गर्नुहुदो रहेछ ।
भित्र घर परिवार जसरीनै नियम अनुसार बस्ने खाने प्राथना गर्ने सबै भैरहेको थियो । अन्य बिरामीहरु पनि आफ्नो तरिकाले दैनिकी बिताइ रहनुभएको थियो । उहाँहरुको माग अनुसार को खाना आवश्यक सामग्री अस्पतालले उपलब्ध गराउने गर्दथियो र हामी कोठा कोठामा पुराउने गर्थियौ ।
सबै केस हरु asymptomatic (रोग छ तर लक्षणहरु प्रष्ट नदेखिनु )भएकाले हामीलाई नि त्यति गार्हो थिएन जुन अन्य देश मा धेरै नै गार्हो छ । जति जति दिन हरु बित्दै गए त्यति नै हामी लाई आत्मबिश्वास बढ्दै गयो र काम गर्न सजिलो हुँदै गयो ।
स्वास्थ्य क्षेत्रमा काम गर्ने हामी सधै अस्पताल को प्रेरीफेरिमा हाम्रो दिन बितिरहेको हुन्छ ।तर अरु ठाउँ र यो कोरोना बिशेष अस्पताल मा काम गर्दा धेरै नै फरक थियो ।डाक्टर नर्स पारामेडिक कार्यलय सहयोगी लगायत सबै मिलेर बिरामीको हेरचाह खान पान लगायतका काम मिलेर गर्दाको अनुभव जीवन पर्यत्न रहने छ । फोहोर ब्यबस्थापन गर्ने काम सबै समूह मा नै मिलेर गर्दा नयाँ अनुभव रहयो ।।
नयाँ ठाउँ नया अस्पताल नयाँ रोगले एउटा नयाँ अनुभब दिएको छ । हामी सबैले यसलाई नयाँ अवसरको रुपमा लिएका छौँ ।आशा छ यस्तो परिस्थितिमा काम गर्ने सबै स्वास्थ्यकर्मी को मुल्यांकन हुने नै छ ।
अन्त्य मा फ्रन्ट लाइनमा रहेर काम गर्ने डाक्टरको समूहलाई धेरै जोखिम भएपनि उहाँहरुले जीवन प्रवाह नगरी काम गर्नुभएको छ । सबै समुदायका बिरामीहरु मिलेर आपसी भाइचारा कायम गर्दै बसेको अबस्था छ। सबैको रिजल्ट नेगेटिभ आओस र छिट्टै निको भएर उहाँहरु आफ्नो घर फर्कनुहोस , देशले छिट्टै कोरोना बाट मुक्ति पाओस शुभकामना ।।।