८४ पुगेको छैन संक्रमित संख्या , ७५ भन्दा बढेको खबर गलत

८४ पुगेको छैन संक्रमित संख्या , ७५ भन्दा बढेको खबर गलत

आज नेपालमा कोभिड-१९ का १६ नयाँ संक्रमितहरु देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ । तर केहि नेपाली सामाजिक संजालहरुमा संक्रमितको संख्या ८४ पुगेको भनेर पोस्टहरु आइरहेका छन् ।

नेपाल लाइवले अस्पताल स्रोतलाई उदृत गर्दै 'नेपालमा कोरोना संक्रमितको संख्या ८४, आजै थपिए २५' शिर्षकमा समाचार हालेपछि यस्तो हल्ला फैलिएको थियो । भेरी अस्पताल नेपालगन्जले पनि सामाजिक संजालमा एक पोस्ट राख्दै अस्पतालमा रहेको आरटिपिसिआर प्रयोगशालामा अहिले सम्म १६ जनाको मात्र संक्रमण पुष्टि भएको र बाँकि नमुना परीक्षण भोली हुने स्पष्टिकरण दिएको छ ।
केहि बेर अघि नेपाललाईवले पनि प्रकाशित समाचार पुनः पुष्टि गर्दा गलत भएको देखिएका भन्दै क्षमायाचनासहित हटाएको छ ।
यसै गरी विभिन्न विषय र क्षेत्रको तथ्याङ्क सार्वजनिक गर्ने वेबसाइट वर्ल्डोमिटरले समेत नेपालमा संक्रमित संख्या ८४ पुगेको उल्लेख गरेको छ । तर वर्ल्डोमिटरको तथ्याङ्क आधिकारिक नभइ उसले संचारमाध्यम र सामाजिक संजालका स्रोतमा आधारित भइ तथ्याङ्क दिने गर्दछ । यसलाई पुर्णत आधिकारीक स्रोत मानिदैन । वर्ल्डोमिटरले नेपाललाइभ कै समाचारलाई स्रोत उल्लेख गरि आइतवार २५ नयाँ संक्रमित थपिएको उल्लेख गरेको थियो । उसले उदृत गरेको स्रोतले नै समाचार आधिकारीक नभएको भनि माफि मागिसकेपनछि वल्डोमिटरले तथ्याङ्क सुधारिसकेको छ ।
यता सामाजिक संजालमा भने अझै नेपालमा संक्रमित संख्या ८४ पुगेको भनि हल्ला उस्तै तरिकाले फैलिरहेको छ । नेपालमा कोभिड १९ का सन्दर्भमा आधिकारीक तथ्याङ्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट www.covid19.mohp.gov.np बाट हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्