नेपाली सेनालाई सुरक्षाको जिम्मेवारी, प्रहरी सिमामा खटाइने

नेपाली सेनालाई सुरक्षाको जिम्मेवारी, प्रहरी सिमामा खटाइने

देवबहादुर कुँवर
काठमाडौँ, बैशाख २१ गते । कोरोना भाइरस (कोभिड–१९ ) महामारी नियन्त्रणका लागि नेपाल–भारत सीमा नाकामा सुरक्षाकर्मीको संख्या बढाइने भएको छ।

गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा आइतवार मन्त्रालयमा बसेको सुरक्षा पदाधिकारीको बैठकले सो सम्बन्धि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
विभिन्न जिल्ला कारागारहरू तथा विकास निर्माण आयोजना लगायत महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मा नेपाली सेनालाई दिई त्यहाँ खटाइएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमा पठाईने भएको हो ।

कोभिड–१९ नियन्त्रण कार्य अन्तरगत सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी जनशक्ति अपुग हुदाँ भारतीय नागरिकबाट बारम्वार आक्रमण र लुकिछिपि प्रवेश हुन थालेपछि सुरक्षा चुनौती थपिएको छ ।
नेपाल–भारत सीमा नाकामा रहेका एकहजार दुईसय १३ वटा सीमा सुरक्षा पोष्टमा २२ हजार सशस्त्र प्रहरी परिचालन गरिएको छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी नाकामा सुरक्षाकर्मीको संख्या ४३ हजार पु¥याइने भएको छ ।

गृह मन्त्रालयले सीमा नाकाबाट लुकिछिपि प्रवेश गर्नेक्रम नरोकिएको भन्दै त्यसरी प्रवेश गर्नेलाई कडा कानुनी कारवाही गर्नुपर्ने निश्कर्ष समेत निकालेको छ । त्यस्तैं भारतमा रहेका नेपालीलाई कोरोनाबाट सुरक्षित राख्न भारत सरकारसँग छलफल भइरहेको जनाएको छ ।

सीमा नाकामा रात र दिउँसोको गस्ती थप बढाउन तथा अवैध प्रवेशलाई निरुत्साहित गर्न सबै वडास्तरमा समुदायको सहयोगमा स्वयंसेवक परिचालन कमिटी गठन गर्न निर्देशन दिएको छ ।
सीमा तैनाथ हुने सुरक्षाकर्मीका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापनका लागि गृहमन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाइ सकेको जानकारी सो बैठकले दिएको छ ।

बैठकमा गृहसचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाको उच्चपदाधिकारीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्