पानीमा डुबेर १ बालिका सहित २ जनाको मृत्यु

<span class='c1'>पानीमा डुबेर १ बालिका</span> <span class='c2'>सहित २ जनाको मृत्यु</span>

विराटनगर । संखुवासभा र धनकुटाको २ स्थानमा पानीमा डुबेर १ बालिका सहित २ जनाको मृत्यु भएको छ । आईतवार दिउँसो २ बजेको समयमा संखुवासभाको सभापोखरी गाउँपालिका(२ की ३२ बर्षीया चन्द्र कुमारी राई सभापोखरी गाउँपालिका(१ को सादीबेसीमा रहेको दिब्यश्वरी हाईड्रो पावरको पानी जमाउने पोखरीमा डुबिरहेको अवस्थामा मृत फेला परेकी हुन् ।
घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल खाँदवारी पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी धनकुटा नगरपालिका(१ जौटार बस्ने राजिव तितुङको १८ महिनाकी छोरी सिर्जना तितुङको आफ्नै घरमा रहेको पानीको ड्रममा डुबेर मृत्यु भएको छ । आईतवार अपरान्ह ५ बजेको समयमा बालिका पानीको ड्रममा डुबेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल धनकुटा पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्