अभिनास थापा
विश्व परिवेश अहिले कोरोना भाईरस अर्थात कोभीड-१९ को कारण परिवर्तित छ। समग्र मानव विकास सभ्यतामा यसले चुनौती दिईरहेको छ। यसको बिकराल अवस्थावाट बच्न विश्वको सय भन्दा वढी राष्ट्रहरु पुर्ण तथा आशिंक लकडाउनमा छन। जसको प्रभावमा विश्व अर्थतन्त्रमा तिव्र गिरावट हुँदै छ ।
नेपालमा पनि गत चैत्र ११ गते देखि निरन्तर रुप मा लकडाउन छ। अत्यावश्यक र मानिसले घर भित्र गर्ने गतिविधि वाहेकका सम्पुर्ण मानव गतिविधि ठप्प छन ।जसका कारण कोरोना भाईरसलाई विकरालरुपले फैलिन केही हद सम्म रोकेको छ नै, तर यो अवस्था रहिरहन्छ भन्ने तय छैन र कोभीड-१९ को खतरा हाल सम्म समाप्त भएको छैन।विश्वव्यापी निरन्तर लकडाउनले विश्व अर्थतन्त्रलाई नराम्रो संग धक्का दिएको छ जसको प्रभाव विश्वको ठुलो देखि सानो राष्ट्रको आर्थिक क्षेत्रमा देखिन सुरु भएको छ, सो प्रभाव नेपाली अर्थव्यवस्थामा समेत देखिन थालेको । विगतका केही वर्ष औसत ६.५ % भन्दा वढी आर्थिक वृद्धिको अवस्थामा पुगिसकेको देश यसवर्ष केही समयको लकडाउनले २.२७% भन्दा कम आर्थिक वृद्धिमा खुम्चिने सरकारी तथ्यांकले अनुमान लगाएको छ।
विश्व वैंकको प्रक्षेपणले त अझ नेपाली आर्थिक वृद्धि १.५ देखि २.५ प्रतिशतमा सीमित रहने दावी गरिरहेको छ, जसको मुख्य कारण रेमिट्यान्समा आउने कमी, पर्यटन तथा समग्र व्यापार व्यवसायमा परेको असर रहने बताइएको छ। नेपाल सन २०२२ सम्म विकसशील राष्ट्रहरुको सुचिमा पर्ने दावी गरिरहेको राष्ट्रीय योजना आयोगले सो लक्ष्य अव केही वर्ष धकेलिएको वताएको छ।
यसै सन्दर्भमा अहिले को अवस्था मा सबै भन्दा बढी मार मा परेको क्षेत्र पर्यटन तथा होटल ब्यबसाय का बारेमा आधारित रहेर यो लेख तयार पारिएको छ ।
पर्यटन तथा होटल रेष्टुरेन्टका अवस्था तथा वर्तमान र भविष्यमा देखिन सक्ने समस्याहरु :
विगतका केही वर्षहरुलाई आधार मान्ने हो भने नेपालको हकमा पर्यटन तथा यो संग सम्वन्धीत होटल, रेष्टुरेन्ट लगायतको व्यवसायमा सुधार हुदै विकसीत हुने क्रममा थियो। सरकारले केही वर्षहरुमा कृषि, शिक्षा तथा स्वास्थ्य र उत्पादनको क्षेत्रमाझै पर्यटन र यो संग सम्वन्धीत व्यवसायहरुलाई प्रवद्धर्न गर्दै आईरहेको थियो। जसवाट नेपाली अर्थव्यवस्था र कुल ग्राहस्थ्य उत्पादनमा समेत यी व्यवसायहरुको योगदान हुँदै आएको थियो। जस अन्तगर्त सन २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटक भित्राउने महत्वकांक्षी लक्ष्य राखेको थियो । जसवाट सरकारको निरन्तर अनुरोध र भ्रमण वर्षको आशामा नेपालका ठुला- साना कयौं होटल, रेष्टुरेन्ट तथा सम्बन्धित व्यवसायहरु सुचारु भए । भएका व्यवसायहरु समेत भ्रमण वर्ष २०२० का तयारीका लागि भन्दै पुन: निर्माण तथा व्युटिफिकेसन तर्फ उन्मुख भएको थिए। जसमा राम्रै आर्थिक लगानी भएको पर्यटन मन्त्रालयको सरकारी तथ्यांकहरुमा देख्न सकिन्छ।
विश्व वैंकको दावी र साधारण तवरले नै अध्ययन गर्ने हो भने पर्यटन क्षेत्रको अवस्था विकराल हुने निश्चीत प्राय छ। भ्रमण वर्ष सुरु हुँदा हुँदै देखिएको कोरोना भाईरस( कोभिड-१९ ) को प्रभाव,नेपालमा जारी लकडाउनका कारण आफु संग भएको सिमित पूंजी र आफु संग भएको सिमित अचल सम्पत्तिलाई वैकंमा धितो राख्दै ऋणको बोझका कारण साना तथा मझौला व्यवसायीहरु झनै ठुलो संकटमा परेका छन। निरन्तरको वन्दले सबैभन्दा वढी देखिने गरिको चुनौती यससंग सम्बन्धित देश भर रहेका लाखौ कर्मचारीको व्यवस्थापन रहेको छ। त्यसैगरी व्यवसाय भएका घर जमीनका भाडाहरु, वैंकका व्याज तथा सावाँ र सरकारलाई तिर्नु पर्ने कर दायित्वको अवधिका कारण व्यवसायीहरु चिन्तित देखिएका छन।
साधारणत: व्यवसायीक समय मानिएको भ्रमण वर्ष तथा नेपाली नयाँ वर्ष लगायतका समयहरुमा व्यवसाय वन्द गर्नुपर्ने
अवस्थाले अझ जटिलता थपिएको छ। स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारलाई तिर्नुपर्ने कर अहिले व्यवसायीलाई दायित्व भन्दा पनि बोझ हुन गएको छ। समस्या लकडाउन मात्रै भन्दा पनि तथा लकडाउन पश्चात संक्रमणको डर र भौतिक सामाजीक दुरी राख्नै पर्ने चुनौतीका कारण के गर्ने भन्ने स्थिती रहेकोले यी होटल, रेष्टुरेन्ट लगायतका व्यवसाय गम्भीर संकट तर्फ उन्मुख हुदै छन।
सरकारले तत्काल गर्नुपर्ने र गर्नसक्ने पहलहरु :
विश्वव्यापी तवरले सम्पुर्ण राष्ट्रहरुले आफ्ना नागरिक र अर्थतन्त्रका जग साना- मझौला व्यवसायीहरुलाई विभिन्न राहत तथा आश्वासन र सहयोगहरु घोषणा गरिरहदा नेपालमा भने व्यवसायीहरुलाई बैंकको सावाँ -ब्याज किस्ताको समय अवधी बढाइ दिन बैंकहरु संग अनुरोध बाहेक केही गर्न सकेन, बरु नेपाल राष्ट्र बैंकले सिमित व्यवसायीहरुलाई २% प्रतिशत सम्म छुट दिन निर्देशन दियो। तर विगत ४० दिन देखि वन्द, सो भन्दा बढी समय देखि मन्दीमा रहेका व्यवासायी र लडकाउन पछिको अवस्थाले व्यवसायीहरुका लागी यो पहल कति पनि न्यायोचित हुँदैन ।
सरकारले हाललाई तत्कालै सम्बन्धित ब्यबसायीको अभिभावकत्व निभाउदै उनीहरुले वुझाएको करको आधारमा आर्थिक राहतको प्याकेज घोषणा गर्नुपर्दछ। संगसगै व्यवसायीहरुले बैंक तथा वित्तिय संस्थाहरुवाट लिएका ऋण निश्चीत समयको लागि सावाँ ब्याज तथा दायित्वहरु छुटको व्यवस्था गर्नुपर्छ। सरकारले कामदारहरुलाई पनि करको दायरामा ल्याईसकेकाले उनीहरुको करको सम्मान गर्दै उनीहरुलाई समेत राहतको घोषणा गर्नुपर्दछ।
नेपालमा केही वर्ष अघि गएको प्राकृतिक प्रकोप भुकंम्पवाट लाखौको संरचना भत्किदा नेपालले लाखौको संख्यामा घर पुन: निर्माणका लागी न्यनुतम २ लाख देखि वढी अनुदान दिन सक्छ भने भुंकम्प भन्दा वढी क्षति भएको यो क्षेत्रका साना तथा मझौला व्यवसायीहरुलाई अनुदान चाहिदैन तर केही राहतका प्याकेजहरु नितान्त आवश्यक छ।
तत्काल स्थानीय, प्रदेश तथा संधीय सरकारका कर दायित्वहरुमा पनि छुट तथा समयावधिको पावन्दी नराख्नु पनि आजको आवश्यकता हो।
विभिन्न तथ्यांक तथा प्रक्षेपण अनुसार विदेशवाट लकडाउन पश्चात कम्तिमा १० लाख नेपाली वेरोजगार भई नेपाल प्रवेश गर्ने अनुमान गरि रहदा अझ सरकारले यो अवस्था संग लड्न व्यवसाय सुदृढिकरणका लागि केही समयावधिको लागि व्यवसायको आकार र प्रकार अनुसार कुनै संयन्त्रद्वारा विश्लेषण गरी सहूलियत ऋण सरकारले उपलव्घ गराई ती कामदार र व्यवसायलाई सजिलै व्यवस्थापन गर्न सक्छ। जसवाट रोजगारीको समस्या पनि समाधान हुन्छ तथा आर्थिक गतिविधि पनि बढेर जान्छ।
व्यवसायीहरुले आफ्नो तर्फवाट गर्नुपर्ने काम :
सरकारले गर्नु पर्ने दायित्वको कुरा गरिरहदा व्यवसायीहरुले पनि आफ्नो व्यवसायको पुनर्जागरण का लागि अवको समयअनुसारको तयारी गर्नुपर्छ। हिजोको अवस्था भन्दा नितान्त फरक यो अवस्था अनुसार अव केही समय अनलाईन डेलिभरि सेवा नेपाली रेष्टुरेन्ट व्यवसायीहरुको लागि मुख्य अस्त्र हुनुपर्दछ।ग्राहकहरुलाई यो सेवा सरल बनाउदै लैजानु पर्दछ।
साथै ठुला होटल तथा रेष्टुरेन्टहरु ६ महिनाको लागी वन्द हुने घोषणा गरिरहदा साना मझौला व्यवसायले कोरोनाका रोकथामका आधारभुत सुरक्षाका उपायहरु आ-आफ्नो व्यवसायमा तत्कालै व्यवस्था गर्नु पर्दछ। सो क्षेत्रको विशेष सरसफाईमा ध्यान दिन जरुरी छ।साथै स्वास्थ्य निकायको निरन्तर सम्पर्क र अपडेटमा रहन नितान्त आवश्यकता छ।
व्यवसायीले व्यवसायीक धर्म निभाउदै भौतिक तथा सामाजीक दुरी व्यवस्थापन गर्नुपर्दछ। र सबै भन्दा मुख्य काम जिम्मेवार नागरीक र व्यवसायी भई राज्यलाई कर वुझाउनु पर्छ।
अन्त्यमा हामी सबै को सामुहिक प्रयासका कारण मात्र हामी ले यो संकट बाट मुक्ती पाउने हुँदा सबै मिलि नेपाल र नेपालीको भलो हुने काम मा अग्रसर भएको खण्डमा कोरोना विरुद्धको लडाइ हामी जित्न सक्छौ ।
(लेखक सामाजिक अभियान्ता तथा ह्यासट्याग फुड एण्ड वारका प्रवन्धक हुन)