नयाँ भर्ना नगर्नु र अनलाईन शिक्षाको शुल्क नलिनु: शिक्षा मन्त्रालयको सूचना

<span class='c1'>नयाँ भर्ना नगर्नु र अनलाईन शिक्षाको</span> <span class='c2'>शुल्क नलिनु: शिक्षा मन्त्रालयको सूचना</span>

सरकारले कोरोना भाइरसको संक्रमणको त्रासका कारण बन्द रहेको विद्यालयहरुलाई कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्नु, नगराउनुका साथै भर्नाका नाममा कुनै किसिमले शुल्क लिने, अनलाइन पठन पाठनकाे नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न नलगाउन सूचना प्रकासीत गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैशाख २२ गते बसेको मन्त्रिस्तरीय निर्णयबाट निर्णय गर्दै उक्त सुचना प्रकाशित भएको हो ।

निर्णयअनुसार अर्को निर्णय नगरेसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना लिन र अनलाइन पठनपाठनका नाममा शुल्क नलिन नपाइने निर्णय गरेको हो ।
साथै माध्यमिक शिक्षा परीक्षा र कक्षा ११ तथा १२ का परीक्षा हाल स्थगित रहेको र यस विषयमा कुनै थप निर्णय नभएको जारी सूचनामा उल्लेख छ । यसै गरी मन्त्रालयले संस्थागत विद्यालयहरुले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य शुल्क छुट दिने गरी सरकारले गरेकाे निर्णयलाइ कार्यान्वयन गराउने निर्णय गरेको छ ।
यद्यपी लकडाउनको मार खेपिरहेकाे विद्यालयहरुका लागि कस्तो प्रकारको राहत प्याकेज उपलब्ध गराउनेछ भन्ने विषयमा सूचनामा केहि उल्लेख भएको छैन ।

हेर्नुहोस् प्रकाशित सुचना:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्