निको भएर घर फर्किएका ३ जनामा देखियो पुनः संक्रमण

<span class='c1'>निको भएर घर फर्किएका ३</span> <span class='c2'>जनामा देखियो पुनः संक्रमण</span>

कोरोना भाइरसको संक्रमणको उपचार गरेर घर फर्किएका तीन जनामा फेरि कोरोना पोजेटिभ देखिएको छ ।
पुन:संक्रमित हुनमा काठमाडौं, रौतहट र वीरगञ्जका एक-एक जना संक्रमित हुन् ।
रौतहटका एक युवक र विरगंजमा भारतीय जमातीका साथै काठमाडौंमा पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुष रहेका छन् ।
रौतहट र वीरगञ्जमा चैतदेखि वैशाखसम्म विभिन्‍न समयमा कोरोना पुष्टि भएर उपचारपछि दुईपटक कोरोना जाँच गर्दा नतिजा नेगेटिभ आएपछि वैशाख १४ गते चारजनालाई एकसाथ डिस्चार्ज गरिएको थियो ।
यसै गरी ५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका काठमाडौंका पुन: संक्रमित हुने व्यक्तिसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए ।

उनीहरु सबैमा मंगलबार परीक्षण गर्दा पुन:संक्रमण देखिएको अनलाइन खबरले समाचार लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्