गृह मन्त्रालयले एक सुचना सार्वजनिक गर्दै भोली बैशाख २५ गते विहिबार सार्वजनिक विदा घोषणा गरेको छ । बुद्ध जयन्तीको अवसरमा सरकारले विदा घोषणा गरेको हो । यद्यपी यो निर्णय २०७६ चैत्र १७ गतेको नेपाल राजपत्रमा प्रकाशित भइसहेको थियो ।
कोभिड-१९ संक्रमणको त्रासका कारण भएको लकडाउनले अधिकाँश कार्यालयहरु बन्द रहेता पनि बैंक जस्ता वित्तिय संस्था लगायतका कार्यालयका कर्मचारीहरुलाइ यस विदा उपयोगी हुन सक्नेछ ।