नेपालगंजका सबै संक्रमितहरु लक्षण बिहिन, स्वास्थ्य अवस्था सामान्य

नेपालगंजका सबै संक्रमितहरु लक्षण बिहिन, स्वास्थ्य अवस्था सामान्य

नेपालगञ्जका सबै २३ जना कोरोना संक्रमितहरुको उपचार खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भइरहेको छ । आइसोलेशन वार्डमा भर्ना गरिएका सबै २३ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
उनीहरुलाई वार्डमा चिकित्सकको निगरानीमा राखिए पनि कुनै स्वास्थ्य समस्या नभएकाले विहान, बेलुका ज्वरो तथा रक्तचाप नाप्ने लगायतका कामहरु मात्र गरिएको र कुनै पनि औषधी नदिईएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।
लक्षण नदेखिए पनि शरिरमा भाइरसको उपस्थिति हुने भएकाले कोरोना संक्रमण फैलन सक्छ । तर लक्षण नदेखिएको भन्दै अधिकांश संक्रमितले आफू संक्रमित नभएको ठान्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्