बाँकेमा संक्रमितको सम्पर्कमा आएका दुईसयको स्वाब संकलन

बाँकेमा संक्रमितको सम्पर्कमा आएका दुईसयको स्वाब संकलन

एकै टोलका २२ जनासहित २३ जना स्थानीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बाँके जिल्लाको नेपालगञ्जमा निषेधाज्ञा जारी गरेर संक्रमितहरुको सम्पर्कमा रहेका कन्ट्याक्ट ट्रेसिंग गर्ने कार्य भइरहेको छ । यसरी कन्ट्रयाक्ट ट्रेसिङ्गमा भेटिएकका दुईसय जनाको स्वाब संकलन पनि गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँँकेले जनाएको छ ।

वैशाख १९ गते भेटिएका पहिलो संक्रमितको सम्पर्कमा रहेका ९४ जनाको पहिचान गरेर परीक्षण गरिएपछि २२ जनामा थप कोरोना पुष्टि भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार मंगलबार अपरान्हबाटै पछि फेला परेका २२ जनाकै कन्ट्याक्ट ट्रेसिंग गर्ने कार्य शुरु गरिएकोमा अहिले पनि भैरहेको छ ।

सो क्रममा वडा नम्बर ८ को राजनको पान पसलदेखि रानी तलाउ सब्जीमण्डी, घसियारन टोल, महेन्द्र पुस्तकालय, पण्डन मोहल्लालगायतका स्थानबाट संक्रमितहरुको सम्पर्कमा आएकाको सूचि बनाउने र उनीहरुको स्वाब संकलन गर्ने दुबै कार्यसँगसँगै अगाडि बढाईएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले यसरी कन्ट्याक्ट ट्रेसिंग गर्दा मंगलबार बेलुका ५६ जना र बुधबार १४५ जना गरेर २०१ जनाको पहिचान गरेर उनीहरुको स्वाब संकलन समेत गरिएको बताउनुभयो । अन्यको पहिचान गर्ने कार्य समेत जारी रहेको छ ।
गोरखापत्र अनलाईनबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्