पहिलो पटक बेइजिङ्ग पुग्यो नेपाल एयरलाइन्सको विमान, स्वास्थ्य सामाग्री लिएर आज फर्कदै

पहिलो पटक बेइजिङ्ग पुग्यो नेपाल एयरलाइन्सको विमान, स्वास्थ्य सामाग्री लिएर आज फर्कदै

बेइजिङबाट अत्यावस्यक स्वास्थ्य सामग्री लिन हिजो बुधबार अबेर साँझ बेइजिङ उडेको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज आज बिहिवार काठमाडौं फर्कने छ ।
निगमको वाइडबडी जहाजले पहिलोपटक चीनको राजधानी बेइजिङमा चार्टर्ड उडान गरेको हो ।

निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेको बताइएको छ ।

चीनको राजधानी बेइजिङमा नेपाल एयरलाइन्सको पहिलो उडान हो । अहिलेको विषम परिस्थितमा गर्न लागिएको कार्गो उडान भएपनि बेइजिङ उडान निगमको उड्डयन इतिहासमै पहिलोपटक भएको निगमले उल्लेख गरेको छ । काठमाडौँ–बेइजिङ करिब सात घण्टाको उडान रहेको छ ।

निगमले यसअघि चीनको साङ्घाई हुँदै जापानको ओसाका उडान गर्ने गरेको थियो । सन् १९८४ ताका निगमले सो गन्तब्यमा उडान शुरु गरेको भएपनि अप्रिल १२ सन् २००७ मा जहाज अभावले ओसाका उडान बन्द भएको थियो । निगमले चीनको ग्वाङजाओमा व्यावसायिक उडानका लागि अनुमति पाएको थियो ।

नेपालमा कोभिड–१९ नियन्त्रणका लागि लकडाउन गरिएपछि उडान हुन सकेको छैन । बेइजिङलगायत गन्तब्यमा निरन्तर पहल गरिए पनि अझै उडान अनुमति पाउन सकेको छैन । अहिले नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने नेपालको निजी लगानी र चीनको संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले चीनको बेइजिङ्ग र छोङ्गिनलगायत गन्तब्यमा उडान गर्दै आएको छ । निगमले भने (शुरुको साङ्घाई उडानबाहेक) अहिलेसम्म चीनमा व्यावसायिक उडान गर्न पाएको छैन । बेलाबखत कार्गो तथा चार्टर्ड उडान मात्रै हुदैँ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्