देशैभर आजको मौसम: पुर्व क्षेत्रमा वर्षाको सम्भावना

देशैभर आजको मौसम: पुर्व क्षेत्रमा वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।
पूर्वी क्षेत्र नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेकाले केही क्षेत्रमा बदलीसँगै वर्षाको सम्भावना रहेको जनाइएको छ ।
पश्चिमका केही स्थान र मध्य तथा पूर्वका केही एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। दिउँसो पश्चिमी भू–भागमा सामान्य बदली हुने र बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएको छ ।
अहिले सुदूरपश्चिमीमा सामान्य बदली भएको छ भने र बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् । पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको हो। राति देशभर सामान्य बदली रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्