आज २५६४ औं बुद्ध जयन्ती र उभौली पर्व

आज २५६४ औं बुद्ध जयन्ती र उभौली पर्व

काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमाकाे दिन २५६४ औं बुद्ध जयन्ती हो। आजको दिन बुद्ध जन्मिएकाे विश्वास गरिन्छ र प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाकाे दिन बुद्ध जयन्ती मनाइन्छ । आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त गरेका थिए ।

 

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्।

बुद्धको जन्म ईशापूर्व ५६३ मा अहिलेको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू भएको बगैँचामा भएको थियो । बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी शाक्यवंशीय राजा शुद्धोधन तथा रानी मायादेवीका सुपुत्र हुन् । उनले जन्मनासाथ उत्तर तर्फ ७ कदम हिँडेर औँलालाई हावातर्फ देखाएका थिए भन्ने किंवदन्ती पाइन्छ ।

जन्मनासाथ पोखरीमा स्नान गराइएका यिनले नुहाएको पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ । यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतमकी आमा मायादेवीले भने उनी जन्मेको ७ दिनमै संसार छाडेकी थिइन् । राजकुमार सिद्धार्थ गौतमको विवाह १६ वर्षको उमेरमा यशोधरासँग भएको थियो । सिद्धार्थ २९ वर्षको उमेरमा सम्पूर्ण सुखसयल छोडेर ज्ञानको खोजीमा निस्केका थिए । आफ्नाे कठाेर तपस्याबाट बुद्धत्व प्राप्त गरी अाफ्नाे ज्ञान संसार दिए, जसलार्इ अाज बाैद्ध धर्मकाे रूपमा मानिन्छ ।

आजै उभाैली पर्व

किराँत समुदायको महान चाड उभौली पनि आजै परेकाे छ ।

किराँतहरूको उभौंली पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ। किरातहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष वाली लगाउने समयमा उनीहरूले यो पर्व प्रमुख चाडका रूपमा मनाउने गरेको छन्। बालीनालीमा रोगव्याधि नलागोस्, बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपबाट जोगिन सकियोस् भन्ने कामनाका साथ मनाइने यस पर्वको ठूलो सांस्कृतिक र सामाजिक महत्व रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्